जिन्दगीको साथी मार्फत अभिनयमा रमेश

  • १ असार २०७४, बिहीबार
  • सन्दिप खत्री
  • 6235 पटक पढिएको

म्याग्दी, ०१असार । मंगला गाउँपालिका वडा नं. ३ अर्मनका रमेश रोका “जिन्दगीको साथी” बोलको लोकदोहोरी गीत मार्फत अभिनयमा प्रवेश गरेका छन् ।


उज्यालो म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र विष्णु माझिले स्वर दिएका छन. । मुस्ताङमा छायाङकन गरिएको उक्त म्युजिक भिडियाको सम्पूर्ण छायाङ्कन हालै सकिएको छ ।


यातायात व्यवसायमा आबद्ध रोकाले आफूले पहिलदेखि नै अभिनयको क्षेत्रमा प्रवेश गर्न चाहेपनि समयका कारण नसकेको बताए । उनले आफ्नो पहिलो काम भएपनि राम्रो भएको बताए । उत्कृष्ट शब्द, आफ्नो प्रयास र सुन्दर दृष्यमा म्युजिक भिडियो छायाङ्कन गरिएकेले सबैले मन पराउनेमा रोका विश्वस्त देखिए ।


माया प्रेम सम्बन्धित उक्त लोकदोहोरी म्युजिक भिडियोमा रोकाले मुस्ताङकै हीरा गुरुङसँग रोमान्स गरेका छन् । म्युजिक भिडियोमा रोका र गुरुङको जोडि निकै जमेको बताइएको छ । रोकाले दुवै जना नयाँ भएकोले पनि म्युजिक भिडियोलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेको प्रतिक्रिया दिए ।


मिथुनले खत्रीले निर्देशन गरेको म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन। त्यसैगरि गीतका शब्दहरु भने मधुसुदन बन्जाडेले लेखेका हुन् । जोमसोम–काठमाण्डौ रुटमा यातायात सञ्चालन गर्दै आएको रोकाले २ म्युजिक भिडियो अभिनयका लागि लाईनमा रहेको बताए । उनले आगामी दिनमा पनि अवसर पाएमा आफ्नो अभिनयलाई निखार्दै अझै अगाडि बढ्ने योजना सुनाए ।


हाल म्युजिक भडियोको सम्पादनको काम भईरहेकोेले केही दिनमा युट्युव मार्फत भिडियो सार्वजनिक  गर्ने योजना गरेको रोकाले सुनाए । म्युजिक भिडियोलाई गुणस्तरिय बनाउनका लागि कुनै पनि कसुर बाँकी नराखेको बताए ।
म्युजिक भिडियो छायाङ्कन अनुभुति सुनाउँदै उनले अभियन गर्न सोचे जस्तो सजिलो नभए पनि सबैको सहायताले उत्कृष्ट म्युजिक भिडियो बनेको बताए ।
यस अगाडि पनि केही म्युजिक भिडियोमा आफूलाई अफर आए पनि व्यवस्ताका कारण समय दिन नसकेको बताउँदै रोकाले आगामी दिन व्यवसायलाई र अभियनलाई समय व्यवस्थापन गरि सँगसँगै अघि बढाउने बताए ।

सन्दिप खत्री

म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l