दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु,१८ जना घाइते

  • ३१ जेष्ठ २०७४, बुधबार
  • 1631 पटक पढिएको

 ३१ जेठ, काठमाडौं । कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको अाठवीस नगरपालिका-४ मा नैनाल भन्ने ठाउँमा दुर्घटना भएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारी र डिएसपी सहितकाे टाेली घटना स्थल पुगेको छ ।बस करिब २/३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए । दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । News source: www.onlinekhabar.com