कालीगण्डकी नदीमा बेपत्ता भएका पुनको नौ दिनपछि शव फेला

  • ३१ जेष्ठ २०७४, बुधबार
  • 9785 पटक पढिएको

बागलुङ, -कुश्मा—बागलुङको सिमाना मालढुंगा कालिगण्डकीमा गत जेठ २३ गतेदेखि बेपत्ता भएका सुनिल पुनको शव बुधबार कालीगण्डकी किनारमा फेला परेको छ ।

प्रहरीले पक्राउ गर्ने क्रममा भागेर कालीगण्डकी नदीमा हाम फालेका पुनको शव मालढुंगा पुल  फेला परेकाे हाे ।

दिउँसाे नदीले बगाउँदै गरेको अवस्थामा स्थानीय देखेपछि प्रहरीलाई खवर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङका अनुसार शव पुनकै रहेको पुष्टि भएको बताइएको छ ।

शवलाई पोष्टमार्टमका लागि धवलागिरी अञ्चल अस्पतालमा राखिएको खापुङले बताए । लागू औषध सहित ट्याक्सीमा सवार अन्य दुईजनालाई प्रहरीले यस अगाडि नै नियन्त्रण लिइसकेको छ । Source: www.nawasandesh.com