बाली बिमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

  • ३१ जेष्ठ २०७४, बुधबार
  • 1883 पटक पढिएको

बेनी, ३१ जेठ । बेनीमा बुधबार बाली बिमा सम्बन्धि अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको कार्यक्रममा कृषक, कृषि प्राबिधिक र बिमा कम्पनीका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

बाली बिमा सम्बन्धि निती गत व्यवस्था, यसको फाईदा, बिमा दावी रकम भुक्तानी प्रक्रिया, समस्या र समाधानका लागि अपनाउनुपर्ने उपायका विषयमा छलफल भएको थियो । कृषकहरुले बाली बिमा कार्यक्रमको बारेमा धेरैलाई जानकारी नभएको, जानकारी पाएकाले पनि बिमा नगरीको विषयमा चिन्ता व्यक्त गरेका थिए ।

बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले सरकारले बाली र पशुको बिमा गर्दा लाग्ने प्रिमीयम शूल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था मिलाएको जानकारी गराउनुभयो ।
रोग, असिना, खडेरी आदी कारणले फलफुल, तरकारी र खाद्यान्नको क्षत्ती भएमा बिमा गरेको अवस्थामा कुल बिमांक रकमको ९० प्रतिशत क्षत्तीपुर्ती पाइने भएकाले कृषकलाई ब्यवसायलाई निरन्तरता दिन सहयोग पुग्ने बताउनुभयो ।

प्रभु ईन्सुरेन्स कम्पनीका प्रतिनिधि जुजुमान श्रेष्ठले म्याग्दीमा पशु बिमाप्रती कृषकको आकर्षण बढेपनी बाली बिमा न्युन रहेको बताउनुभयो । उहाँले बाली बिमा गरेर हानी नोक्सानीबाट बच्न कृषकहरुलाई आग्रह गर्नुभयो ।

उहाँले बिमा र दावी रकम भुक्तानीको प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो । प्राबिधिक सहायक राजेश यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा बागबानि विकास अधिकृत भोजबहादुर थापा, बाली संरक्षण अधिकृत हरिहर शर्मा, कृषि प्रसार अधिकृत बेदनाथ पन्थी, प्राबिधिक सहायक श्यामराज क्षेत्रीले सहजिकरण गर्नुभएको थियो ।