नागरीक दायीत्वप्रती जिम्मेवार बन्नुपर्नेमा जोड

  • ३१ जेष्ठ २०७४, बुधबार
  • 1893 पटक पढिएको

बेनी ३१ जेठ । बेनीमा बुधबारदेखि “आधुनिक राज्य निर्माणमा नागरिक शिक्षाको भूमिका” विषयक बिचार गोष्ठि सुरु भएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था फ्रेडरिक एवर्ट स्टिफटुङ्ग (एफ.ई.एस.) ललितपुरको आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठिमा एक सय जना भन्दा बढीको सहभागीता रहेको छ । नागरीक शिक्षाको माध्यमबाट राज्यको काम कारबाहीलाई सहज र संबिधान कार्यान्वयनको वातावरण बनाउन सघाउ पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा म्याग्दीमा क्रियाशिल राजनितिक दल, भातृ संगठन, कानुन व्यवसायी, प्रध्यापक, पत्रकार, नागरीक अगुवा, युवा र विद्यार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले संबिधानले नागरीकलाई धेरै अधिकार दिएकाले अब नागरीक राज्यप्रती उत्तरदायी बन्नुपर्ने बताउनुभयो । नागरीक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठको अध्यक्षता र संस्थाकी कार्यक्रम संयोजक समीरा पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष चन्द्रदेव भट्टले संस्थाको गतिबिधी र कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयकी प्रध्यापक सचिता कुईकेलले नेपालको संघिय व्यवस्था, स्थानीय तहको काम र नागरीकका दायीत्व तथा अधिवत्ता पवित्रा रावतले लैङ्गीक विकासको अवधारणा र संबिधानले महिला अधिकारका लागि गरेका ब्यवस्थाका विषयमा सहजिकरण गर्नुभएको थियो ।  संस्थाका अध्यक्ष भट्ट र सगरमाथा टेलिभिजनका प्रकाश गिरीले पनी कार्यक्रम सहजिकरण गर्नुहुने जनाइएको थियो ।