प्रधानमन्त्री देउवालाई अबसर !

  • २९ जेष्ठ २०७४, सोमबार
  • 2007 पटक पढिएको

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ४० औं प्रधानमन्त्रीमा निर्वाचित देउवा गणतन्त्र नेपालको नवौँ प्रधानमन्त्री बनेका हुन् । उनका लागि यो चौथो सत्तारोहण हो । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । माओवादी केन्द्रको प्रस्ताब तथा फोरम लोकतान्त्रिक, राािष्ट्रय जनता पार्टी लगायतको समर्थनमा देउवा बलियो बहुमतका साथ प्रधानमन्त्रीमा चुनिए । वि.स. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका देउवाका लागि यो पटकको प्रधानमन्त्री पद अबसर र चुनौतीको रुपमा रहेको छ । देउवा नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै संघर्ष गर्ने नेताहरुमा चिनिन्छन् ।

यस अघि प्रधानमन्त्री हुँदा असहज र संकटपूर्ण तवरले सरकारबाट बर्हिगमन खेपेका प्रम देउवाका लागि यो पटकको सत्ता नेतृत्वमा कुशलतापूर्वक जिम्मेवारी बहन गरि बिगतका कमजोरीहरुलाई सुधार गर्ने अबसर उनलाई प्राप्त भएको छ । नवनिर्वाचित प्रम देउवाको पहिलो प्राथमिकता संविधानको कार्यान्वयनको लागि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुको साथै आगामी माघ ७ गतेभित्र प्रदेश र संसदको निर्वाचन सम्पन्न गराउनु हो । जसरी पहिलो चरणको स्थानीय तह निर्वाचन प्रचण्ड नेतृत्वको सरकारले कुसलतापूर्वक सम्पन्न गरायो । त्यसैगरि दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई समेत सौहाद्धपूर्ण वातावरणमा देउवा नेतृत्वको सरकाले सम्पन्न गर्ने वातावरण तयार गर्न सक्यो भने मात्रै प्रदेश र संसदको निर्वाचन गराउने ढोका खोल्नेछ ।

आफ्नो कार्यकुसलता देखाउने महत्वपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेका देउवाको लागि यो पटकको प्रधानमन्त्री पद विशाल चुनौतिका पहाडहरुका बिचमा स्वर्णिम अबसरहरु ल्याएर आएको छ । त्यसैले सरकारको नेतृत्व गरेका देउवा पार्टीको आन्तरिक गुठगत स्वार्थभन्दा माथि उठेर मुलुकमा संविधानको कार्यान्वयनका लागि पुरा गर्नुपर्ने जिम्मेवारीहरु कुसलतापूर्वक पुरा गर्ने अठोट गरि अगाडी बढ्न सक्नुपर्छ । मधेषकेन्द्रीत दलहरुसंग गरेका सम्झौता कार्यान्वयनको लागि प्रमुद प्रतिपक्ष दल नेकपा एमालेलाई समेत विश्वास र सहमतीमा ल्याउनुपर्ने बाध्यकारी अबस्थामा देउवाले सत्ता सञ्चालन र मुलुकका समस्या समाधानमा मुख्य दलहरुसंग सहमती, सहकार्य र एकताको राजनीतिलाई संगसंगै अगाडी बढाउन आश्यक छ । तर यो त्यती सहज छैन् । यसको लागि देउवा मुलुकको समस्या समाधानमा जिम्मेवार बन्न त पर्छ नै त्यसमा पनि बिगतका कमजोरीहरुलाई सुधार गर्ने दृढ संकल्पका साथ अगाडी बढ्न जरुरी देखिन्छ ।