एमाले अवसरवादी पार्टीः प्रचण्ड

  • २७ जेष्ठ २०७४, शनिबार
  • 1953 पटक पढिएको

जेठ २७–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अवसरवादी भएको आरोप लगाउँदै सम्पुर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन् ।

शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरेका हुन् ।
माओवादी नेतृत्वले नै संघीय लोकताीन्त्रक गणतन्त्रलाई संस्थागत गर्दै संविधानको स्वीकार्यता बढाई त्यसलाई संस्थागत गर्ने कुरामा गम्भीर पहल कदमी लिएको भन्दै उनले त्यसले जनतामा या आशा र विश्वासको संचार गराएको बताए ।
आफुले दोश्रो पटक सरकारको नेतृव्त गरेर वाहिरीदै गर्दा केही मान्यता स्थापित गर्न सकेको भन्दै उनले त्यसले नै मुलुकलाई सफल राष्ट बनाउने दाबी समेत गरे ।
प्रचण्डले पार्टी बाट भिन्न भएका विप्लव नेतृत्वको समुह र बैद्य नेतृत्वको समुहलाई कुनै भ्रममा नपरी पार्टीमा एकत्रित हुन आव्हान समेत गरे ।
प्रचण्डले मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा लैजान संविधानको स्वीकार्यता बढाउदै सफल कार्यान्वयनका लागि दोश्रो चरणको स्थानीय तहको निर्वाचनको साथै प्रदेश र केन्द्रको निर्वाचन माघ ७ गते भित्रै सम्पन्न गर्नुपर्ने मुल जिम्मेवारी पुरा गर्नुपर्ने एकजुट हुन पनि कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा विप्लव, बैद्य समुहका साथै राप्रपा र एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका कार्यकर्तालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

source; ratopati