प्रधानमन्त्री र मन्त्रीहरु सन्तको शरणमा !

  • २५ जेष्ठ २०७४, बिहीबार
  • 1913 पटक पढिएको

२५ जेठ। प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायतका नेताहरु सन्तको आश्रममा पुगेका हुन् ।

उनीहरुले त्यहाँ पूजाआजा गर्दै आशिर्वाद समेत लिएका छन् ।

देउवा पत्नी सन्त कृष्णदासको अगाडि ध्यान मुद्रामा देखिन्छन् भने विजयकुमार महराले पहेंलो बस्त्र कााधमा राखेर नमस्कार गरेका छन् । गच्छदार पनि फूलामाला र खादासहित देखिन्छन् ।

कृष्णदास महाराज तिनै व्यक्ति हुन् जसले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई सुनसरीको चतरामा भैंसी पूजा गराएका थिए । उनीकहाँ बिभिन्न नेताहरु आशिर्वादा लिनका लागि पुग्ने गर्दछन् । उनले ति नेताहरुका तस्वीर सामाजिक सन्जालमा राख्ने गर्दछन् । यसअघि उनको आश्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षा पुष्पविक्रम मल्ल पनि पुगेका थिए ।

हेर्नुहोस् सन्त कृष्णदास जी महाराजले सार्बजनिक गरेका तस्वीरहरु –  

  

source;onlinekhaber