जान्न क्याम्पस पढन् पुस्तकहरु, यो नेपाल बन्द छ : कवि सत्याल

  • १९ जेष्ठ २०७४, शुक्रबार
  • धिरन खत्री
  • 5048 पटक पढिएको

म्याग्दी,१९ जेठ । बागलुङमा छन्द कवि सुदेश सत्यालकाको एकल बाचन भएको छ । छन्द कवितालाई प्रवद्धन गर्ने उद्देश्यले म्याग्दी साहित्य संचार र धौलागिरि साहित्य मञ्चको आयोजनामा युवा कवि सत्यालको एकल कविता कन्सर्ट भएको हो ।

युवा कवि सत्यालले छन्द कवितामा महिला हिसां शिर्षकबाट कविता बाचन सुरु गरेका थिए । बर्तमान समयमा समाजमा महिलाहरु सुरक्षित नभएको र बच्चामै बलातकृत हुदै गएको अवस्थामा पुरुष र महिलामा समान ब्यवहारमा प्रस्तुत हुुनु पर्ने कविताबाट प्रस्तुत गरेका थिए । त्यस्तै दार्जलिङ माथि एउटा कविता, भुइचालो, नेपाल बन्द छ , चमत्कार, फर्केरु आउ घर, तालि नमार्नु अव भन्ने शिर्षकमा देशभक्ति भावका आदि दर्जन भन्दा बढी कविता प्रस्तुत गरि उपस्थित साहित्यिक मनहरुलाई मन्धमुग्ध बनाएका थिए ।

युवा कवि सत्यालले भारतले दार्जलिङ्ग आफ्नो भनेपनि त्यहाँकोे कलासस्कृतिले सबैको मनमा नेपाली रहेको प्रस्तुत गरेको थिए । देशमा भुकम्पले घर ढलेपनि नेपालीको इच्छा शक्ति नढलेको र त्यो सबै मिलेर बनाउन सकिन्छ भन्ने सन्देशका कविता प्रस्तु गरेका थिए । यहाँ “जानन् युवा क्याम्पस पढन् पुस्तक लिएर यो नेपाल बन्द छ, यो नेपाल सजिलै बन्द हुन्छ यहाँ भैँसी मरेपनि, आउ भेट्न नभन प्रिय यो नेपाल बन्द छ। ” गहकिला भावका शब्दले देशको प्रतिविम्व प्रस्तुतगर्दै बाचन गरेका थिए ।

छन्द कविले अन्तिममा गजल गित प्रस्तु गरेका थिए । गजलमा “जवानी दर्केको छ बैषको पानीमा, त्यही बेला असिनाले ठटाएको मज्जा” भन्ने गजल गित प्रस्तुत गरेका थिए । उनको एकल बाचनले उपस्थित साहित्यप्रेमीलाई फूलको भमरा बनाएका थिए ।

छन्दमा सत्यालले उतकृष्ट शब्द र लयमा कविता बाचन गर्ने पछिल्लो समयका चर्चित साहित्यकार हुन् ।बास्तविक नाम नारायण सत्याल भएपनि साहित्यिक क्षेत्रमा उनी सुदेश सत्यालको नामबाट परिचित छन् । उतकृष्ट छन्द कविता प्रस्तुत गरी दर्जनौ पुरुष्कार हात पार्न सफल भएका छन् । भनेसत्यालले “अन्तरिक्षमा धर्ती” कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन् ।

उक्त कार्यक्रमलाई उद्घाटन् गर्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले अञ्चलमा विकास भएको साहित्यमा लोपुन्मुख अवस्थामा रहेका छन्द कवितालाइै संरक्षण गर्न सत्यालको एकल बाचनले प्रेरणा मिलेका बताउनुभयो । उक्त कार्यक्रममा धौलागिरिका अग्रज साहित्यकारको उपस्थितिमा उक्त कार्यक्रमा सम्पन्न भएको थियो ।

सो कार्यक्रमको टिकटबाट विक्रि भएर उठेको रकम ५ हजार बागलुङमा रहेको मानव बृद्धा आश्रमलाई संचारका अध्यक्ष घायलश्रीले हस्तान्तरण गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l