लेट मी डान्सीङ अवार्डको उपाधी दगामीले जितीन्

  • १९ जेष्ठ २०७४, शुक्रबार
  • 9327 पटक पढिएको

म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा बिजयी भएकी छिन् ।

त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ अवार्डको बिहीबार भएको फाईनलमा दगामीले उपाधी जितेकी हुन् । १८ वर्षिया दगामीले नृत्य प्रतियोगिताको उपाधीका साथै नगद तिन लाख रुपैया पुरस्कार समेत प्राप्त गरेकी छिन् ।

हाल काठमाडौमा बस्दै आएकी दगामीलाई जिताउनका लागि म्याग्दीमा भोटीङ अभियाननै सञ्चालन गरिएको थियो । नृत्य प्रस्तुतीका साथै एसएमएस भोटीङको आधारमा उनलाई बिजयी घोषणा गरीएको हो ।

दगामी बास्केटबल खेलको राष्ट्रिय खेलाडी समेत हुन् । प्रतियोगिताको एनटिभी पल्स र हिमालयन टेलीभिजनबाट प्रत्यक्ष प्रशारण गरीएको थियो ।