दग्नाममा भूमेपुजा मेला सुरु, विहिवारदेखि बास्केटबल खेल सुरु हुने

  • १७ जेष्ठ २०७४, बुधबार
  • 4264 पटक पढिएको

म्याग्दी, १७ जेठ । रघुगंगा गाउँपालिका–४ दग्नाममा भुमे पुजा मेला सुरु भएको छ । पूजाको अवसरमा मंगलवार परम्परागत लिँगो जुधाई सम्पन्न भएपछि बुधवारदेखि विविध खेलकुद र साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो । एकता युवा क्लबको आयोजनामा भुमे पुजाको अबसरमा हरेक बर्ष मेला आयोजना हुने गरेको छ ।

बुधवार पुख्र्यौली नृत्य संगै भुपु बास्केटवल प्रतियोगिता सम्पन्न भएको छ । त्यसैगरि विहिवार विहानदेखि पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने एकता युवा क्लबका अध्यक्ष गुन पुन गुन्जनले जानकारी दिनुभयो । पुख्र्यौली नृत्यमा अग्रज कलाकारहरु संगै पुराना संस्कृतिको पुस्ता हस्तान्तरणको लागि नयाँ बालकलाकारहरुलाई समेत पुख्र्यौली नृत्यमा सहभागि गराईएको थियो ।


उहाँका अनुसार, अहिलेसम्म पुरुष बास्केटबल प्रतियोगिताको लागि २४ टिमले नामदर्ता गरेका छन् । विहिवार विहानदेखि बास्केटबल खेल सुरु हुनेछ । जेठ २२ गतेसम्म सञ्चालन हुने मेलामा वडास्तरीय पुरुष÷महिला भलिबल प्रतियोगिता समेत सञ्चालन हुने आयोजकले जनाएको छ । पुरुष बास्केटबल प्रतियोगिताको प्रथम पुरस्कार रु ३५ हजार खिमबहादुर गर्वुजा र द्धितीय पुरस्कार रु २० हजार चिनबहादुर गर्वुजाले प्रायोजन गर्नुभएको छ ।
पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिताको विजेतालाई नगद ३५÷३५ हजार र उपविजेतालाई २० हजार र २२ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । सो अवसरमा २० गते साँस्कृतिक कार्यक्रम राखिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । दग्नामी साँझ अन्र्तगत जेठ २१ गते लोक गायिका मिना गर्बुजा र लाली बुढाथोकी, २२ गते तारा श्रीषमगर र २३ गते दग्नामका प्रतिभा र चर्चित गायक गगन पुनको बेजोड साँगेतिक प्रस्तुती रहेको क्लबले जनाएको छ ।