बाजुरामा सेनाको जहाज दुर्घटना : पाइलटको मृत्यु, दुई घाइते

  • १६ जेष्ठ २०७४, मंगलवार
  • 3627 पटक पढिएको

 

बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो । तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ । प्राविधिक सुवेदार पूर्णबहादुर खड्का र अनिता आले  घाइते भएका छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

मृतक गुरूङको शव काठमाडाैं पठाइएको छ । शव संगै खड्कालार्इ पनि उपचारका लागि काठमाडाैं पठाइएकाे छ । अालेको भने कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अाइसियूमा राखेर उपचार भइरहेको र अवस्था पहिलेको भन्दा सुधार भइरहेको  चिकित्सकहरूले बताएका छन् । News source: www.onlinekhabar.com

Photo :Mahesh kumar karki