कतारमा बसन्त फिल्मसले गर्यो दर्जनौं व्यक्तित्वलाई सम्मान

  • १६ जेष्ठ २०७४, मंगलवार
  • कुमार “अविरल”पन्थी
  • 2207 पटक पढिएको

कतार ।      “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ”भन्ने मूलनाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि. काठमाण्डौ–कतार शाखाले आयोजना गरेको नयाँवर्ष २०७४ सालको शुभकामना आदान प्रदान तथा तेश्रो विविध साँस्कृतिक कार्यक्रम २०१७ लाई सफल बनाउन आ–आफ्नो ठाउबाट सहयोग पुराउनु हुने विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई दोहा स्थित भुइयान् (नेपाली आगन) रेस्टुरेन्टको सभाहलमा एक भब्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
फिल्मसले कतारमा रहेर उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने सबै कलाकारहरुलाई पारिश्रमिक सहित सम्मान गरेको छ । कार्यक्रम फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्लेको सभापतित्व तथा समाजसेबी, बुद्धिजिबी बिलबहादुर गुरुङको प्रमुख आतिथ्यमा समपन्न भएको छ । प्रमुख सल्लाहकार माया के.सी. व्यवसायी तथा युवा समाजसेबी उत्तम गुरुङ, व्यवसायी तथा युवा समाजसेवी झविन्द्र आचार्य, सल्लाहकार केशव कंडेल, व्यवसायी तथा समाजसेवी (लालीगुरास रेस्टुरेन्ट) पुनम दाहाल, व्यवसायी तथा युवा समाजसेवी विक्की बिक, विशेष अतिथि रहेका थिए ।

तेस्तै समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, मितेरी फिल्मस सास्कृतिक समूहका अध्यक्ष रित कुमार श्रेष्ठ, नेपाली महिला समाजका अध्यक्ष शुस्मिता भुषाल, इलाम सेवा सामाजका उपाध्यक्ष रेणु कार्की, कास्की आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद मगर, म्याग्दी प्रवासी नेपाली संघ कतारका अध्यक्ष रमेश पौडेल, पाल्पाली सेवा समाज कतार सचिब दुर्गा अधिकारी, स्याँङ्जा सहयोग समाज कतार  र साँस्कृतिक विभाग प्रमुख शिभराम ढकाल, लमजुङ सेवा समाजका कोषाध्यक्ष बिनोद प्रसाद बर्तौला, नबोदित साहित्यिक बाचानालायका उपाध्यक्ष लेख कार्की अनेसास कतारका कोषाध्यक्ष मणि पौडेल, समाजसेवी कृष्ण बराल, व्यवसायी तथा समाजसेवी, विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।

साथै गित संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।सम्मान कार्यक्रम सस्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको थियो । सोहि अवसरमा मुख्य प्रायोजक व्यवसायी तथा युवा समाजसेबी उत्तम गुरुङ, प्रायोजकहरु रानीमहल ट्रेडिङ कन्ट्रयाक्टिङ् एण्ड सर्भिस पा.लिका म्यानेजिग डाइरेक्टर. महल केसी, बादर अलखालीज सर्भिस कम्पनि (पूर्ण पोखरिया) रुमन रेस्टुरेन्ट (बिकास प्रसाई) लालिगुरास रेस्टुरेन्ट, नेपालि आगन रेस्टुरेन्ट, व्यवसायी तथा युवा समाजसेवी विक्की बि क, व्यवसायी तथा युवा समाजसेवी राज रेग्मी, व्यवसायी तथा युवा समाजसेवी झविन्द्र आचार्य, समाजसेवी श्याम डी.सी तेस्तै आर्थिक सहयोगीहरु जानु थापा मगर, मिनबहादुर नेपालि, कृष्ण बराल, श्याम भुषाल, हुतबहादुर क्षेत्री, मितेरी फिल्मस् साँस्कृतिक समूह कतार, एस.बि.फिल्म्स प्रा.लि र प्रेम चलाउने सम्मानित भएका छन् ।
यसैगरी विशेष सहयोगी सस्थाहरुमा नेपाली महिला समाज, गुल्मी सेवा समाज, इलाम सेवा सामाज, म्याग्दी प्रवासी नेपाली संघ कतार, नमस्ते नेपाल हातेमालो सामाजिक सस्था साखा कतार, सुदूरपश्चिम सेवा समाज, खोटाङ सेवा समाज, नेपाली तामाङ कलाकार सङ्घ, कास्की आदर्श सेवा समाज, दाङ देउखुरी सेवा समाज, लमजुङ सेवा समाज, स्याङ्जा सहयोग समाज, अर्घाखाँची सेवा समाज, ठकुरी सहयोग सञ्जाल, एभरेस्ट नेपाल युथ एसोसिएसन र पाल्पाली सेवा समाज कतार रहेका छन् ।
सोहि अवसरमा सर्जक तथालोक गायक शरद कुमार पाण्डे, डान्सर सन्चमायाँ तामाङ, लोक गायक रेशम परियार, हास्यकलाकार सुरज बिसी (गुल्मेली माग्ने बुढा), पप आधुनिक गायक अर्जुन रक पासवान, लोक गायक गङ्गादत्त गिरि, सेलो तथा सुगम गायक बिरेन्द्र दोंग तामांग, डान्सर अमर स्याङ्तन, डान्सर किरण योन्जन, डान्सर कैलास मगर, लोक गायक अविरल अजित, लोक गायक तथा सर्जक इश्वर भण्डारी, नेपालीकला केन्द्र कतार, ग्ल्क्ष् म्बलअभ ऋचभध, डान्सर तुफान काफ्ले र अन्जना सुनार लगायतका कलाकारहरु सम्मानित भएका थिए ।
तेस्तै अफिसियल मिडिया तथा पत्रकार साझा नेटवर्क डटकमका टेकराज थापा, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका दिलबहादुर रानाभाट, एन्क्युखबर डटकमका भोलाथापा, फोटोग्राफर तथा अनलाइन सहकर्मी दिलिप पराजुली, बिगस्टोन टिभी युट्युबच्यानलका बिष्णु अधिकारी, अफिसियल फोटो ग्राफर राजन लामा डिमडुंङ, स्वयंसेवक शिशिर कँडेल, सिम्रन आचार्य, कमल केसी, धिरज प्रछाई, राजेन्द्र काफ्ले, लिना आचार्य, अफ्जलखान, कल्पना सुनार, कासिमअलि, नासिम अलि, दिक्षा घतानी, अकबर अलि, माया कार्की, सरोज गौडेल सम्मानित भए ।कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले फिल्मसको खुलेर चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बिल गुरुङ, झबिन्द्र आचार्य, मन प्रसाद मगर लगायतले आ–आफ्ना भनाईहरु राखेका थिए । फिल्मसका सदस्य तिलु शर्मा पौडेलको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै सभापति काफ्लेले कार्यक्रम सभ्य भव्य रुपमा सफल बनाउन आ–आफ्नो ठाउँबाट सहयोग पुराउनु हुने सामाजिक सस्था, व्यवसायी, समाजसेवी, पत्रकार, मिडियाकर्मी, कलाकार सम्पूर्णलाई विशेष आभार प्रकट गर्दै उपस्थित सम्पुर्णलाई धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

कुमार “अविरल”पन्थी