वेष्ट पोईन्टको छात्रा फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट विजयी

  • १४ जेष्ठ २०७४, आईतवार
  • 3020 पटक पढिएको

म्याग्दी,१४ जेठ । बेनीको न्यु वेष्ट पोईन्ट आवासिय माविमा आईतबार अन्तर माविकलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

न्यु वेष्ट पोईन्ट आवासीय माविको रजत जयन्ती वर्षको अवसरमा आयोजित प्रतियोगितामा माउन्ट एभरेष्ट बिजयी भएको छ । फाईनलमा न्यु होराईजन बोडीङ स्कुल पर्वत बेनीलाई शून्यका विरुद्ध ३ गोल गर्दै माउन्ट बिजयी भएको हो ।


प्रथम र दितृय हुने विद्यालयलले प्रमाणपत्र, ट्रफी, मेडल सहित नगद दश हजार र छ हजार रुपैया पुरुस्कार जितेका छन् । तिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दश विद्यालयले सहभागिता जनाएका थिए । क्याम्पसतर्फ म्याग्दी बहुमुखी र न्यु वेष्ट पोईन्ट कलेजका छात्राहरुबीच प्रतिस्पर्धा भएको थियो ।

न्यु वेष्ट फाउण्डेशनका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षता र शिक्षक कृष्ण जिसीको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अध्यक्ष श्रेष्ठ, प्रिन्सीपल डाक्टर लाल रापचा र अभिभावक संघका अध्यक्ष डिलकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।