गणतन्त्र दिवसको अवसरमा बेनी र दरवाङ बजारमा सरसफाई नवनिर्वाचित जनप्रतिनिधी देखि म्यादी प्रहरी समेत सहभागी

  • १४ जेष्ठ २०७४, आईतवार
  • 3541 पटक पढिएको

बेनी १४ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा आईतबार म्याग्दीको बेनी र दरवाङ बजारको सार्वजनीक स्थलहरुको सरसफाई गरिएको छ ।


त्रिदिवसीय कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने मुल समारोह समितको निर्णय अनुसार बेनीमा जिल्ला युवा समिति र दरवाङमा मालीका गाउँपालीका कार्यालयको संयोजनमा सरसफाई गरिएको हो ।


सरसफाई कार्यक्रममा स्थानीय तह र वडाका पदाधीकारी, कार्यालय प्रमुख, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, म्याग्दी प्रहरी, ब्यवसायी, टोल सुधार समिति र स्थानीय बासिन्दाको सहभागीता रहेको थियो ।

बेनीको कालीपुल, दरवाङ वसपार्क, खुल्ला मञ्च र दरवाङ बजारका विभिन्न ठाँउमा फालीएको फोहोर व्यवस्थापनका साथै स्थानीय बासिन्दालाई सरसफाईमा ध्यान दिन अनुरोध गरिएको थियो । वि.स २०६५ जेठ १५ गते संबिधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र स्थापना भएको औपचारीक घोषणा गरेको थियो ।

आईतबारदेखि मंगलबारसम्म घर, कार्यालय र मठमन्दिरमा दिपावली गर्नुका साथै सोमबार बेनीमा प्रभातफेरी सहित मुल समारोहको आयोजना गर्ने कार्यक्रम तय भएको छ । यसैगरी सोमबारनै जिल्ला खेलकुद विकास समितिको संयोजनमा राजनितिक दल र कार्यालय प्रमुख तथा कर्मचारी बीच मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गर्ने कार्यक्रम तय भएको छ ।