स्वर्गिय श्रीमानको स्मृतिमा जिल्ला अस्पताललाई सहयोग

  • १४ जेष्ठ २०७४, आईतवार
  • धिरन खत्री
  • 7371 पटक पढिएको

म्याग्दी, १४ जेठ । म्याग्दीको जिल्ला अस्पताललाई यहाँका एक घरपरिवारले सामाग्री हस्तान्तरण गरेका छन् । मगंला गाउँपालिका वडा १ की लिला पुनले स्वर्गिय श्रीमान मनबहादुर पुनको सम्झनामा अस्पताललाई आज रु १२ हजार बराबरको फुडसक्स मेशिन र प्याम्पस हस्तान्तरण गर्नु भएको हो ।
पुनको एक महिना अघि निधन भएको थियो । अस्पतालमा उपचार गर्न आउने विरामीका लागि उपचारमा सहयोग पुगोस भनेर सहयोग गरेको लिला पुनले बताउनुभयो । आईतवार अस्पतालमा पुगेर सहयोगदाता लिला पुन, उहाँका छोरीहरु पुर्ण राम्जाली र नरदेवी गर्वुजाले उक्त सामान जिल्ला अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र प्रमुख डाक्टर रोशन न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष रेग्मी र डाक्टर न्यौपानेले अस्पताललाई पुन परिवारले गरेको सहयोगले विरामीको उपचारमा थप सहयोग पुगेको बताउनुभएको थियो भने कार्यक्रमको सहजीकरण मनकुमारी विश्वकर्माले गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l