घरदैलोमा पुगेका मेयर हरिकुमार श्रेष्ठलाई बेनपा ९ घतानमा भव्य सम्मान

  • १३ जेष्ठ २०७४, शनिबार
  • धिरन खत्री
  • 3545 पटक पढिएको

म्याग्दी, १३  जेठ । बेनी नगरपालिका ९ घतानमा नेपाली काग्रेस गाउँ एकाई समिति र  घतानका आमासमुहहरुले बेनी नगरपालिकाका नवनिर्वाचित मेयर हरिकुमार श्रेष्ठलाई सम्मान गरेको छ । नगरपालिकाको मेयरमा विजयी भएपछि मतदातालाई  धन्यवाद दिन शनिवार  श्रेष्ठ  बेनपा  ९ घतानमा पुगेका हुन ।


उक्त सम्मान कार्यक्रममा सम्वोधन गर्दै मेयर हरिकुमार श्रेष्ठले हिजो चुनावको समयमा जनतासामु प्रतिबद्धता गरेका ऐजेण्डा क्रमश पुरा गर्दै जाने बताउनुभयो । बेनी नगरपालिकाको विकासका पुर्वाधार निर्माण लागि योजनाबद्ध रुपमा अघि बढाउने र यसमा सबै साथ र सहयाग रहेको बताउनुभयो । उक्त कार्यक्रममा  नेपाली काग्रेसका बरिष्ठ नेता डा. भुपेन्द्र खड्काले संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचनमा  निर्वाचित मेयरलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाली काग्रेसका पुर्व सचिव  माधप्रसाद रेग्मीले बेनी नगरबासिले  नगरपालिकाको विकासको लागि सक्षम इमान्दार र जिम्मेवारी बहन गर्ने मेयर पाएको बताउनुभयो ।  कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघ म्याग्दीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, विद्यार्थी नेता विक्रम बोगटी,  नेता चक्र केसी लगायतले मन्तव्य राखेका थिए ।
बेनी नगर समितिको सभापति अनोद श्रेष्ठको सभापतित्व, सम्मरबहादुर चोखालको स्वागत मन्तव्य र मोहन केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l