अन्तर मा.वी/कलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता शुरु

  • १३ जेष्ठ २०७४, शनिबार
  • 2447 पटक पढिएको

म्याग्दी, न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्तर मा.वी÷कलेज स्तरीय  छात्रा फुटबल प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । बिद्यालय स्थापनाको २५ औं बर्ष, रजत जयन्ति वर्ष २०७४ को अबसरमा सो प्रतियोगिता आयोजना गरिएको हो । बिद्लाय्ले वर्ष २०७४ लाइ रजत जयन्ति बर्षको रुपमा मनाउने र वर्ष भरि नै विभिन्न कार्यक्रमको आयोजना गरेको र निर्धारित कार्यक्रम अनुसार नै छात्रा फुटबल प्रतियोगीता आयोजना गरेको जनाइएको छ । सम्भबत जिल्लामा नै पहिलो पटक वेष्ट पोइन्टद्वारा छात्रा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।  प्रतियोगिताको एक भब्य कार्यक्रमका बीच जेठ १२ गते शुक्रबार उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन  प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले गर्नु भएको हो । उद्घाटन मन्तब्य ब्यक्त गर्दै खड्काले वेष्ट पोइन्टको ब्यबस्थापन बाट अत्यन्तै प्रभावित भएको बताउनु भयो । उहाँले सानाले सिक्दैछन ठुलाले सिकाउदै छन् भन्ने कुरा आफुले कार्यक्रमको ब्यबस्थापनबाट अनुभव गरेको बताउनु भयो साथै उहाँले शिक्षा किताबी ज्ञान मात्रै नभएर खेलकुद र अन्य क्रियाकलाप बाट विद्यार्थीको क्षमता प्रस्फुटन गर्न सकिने हुँदा त्यस तर्फ जोड दिनु पर्ने बताउनु भयो । आफु पनि महिला भएको र अवसर पाए महिलाले पनि धेरै कुरा गर्न सक्ने र यसरी जिल्लामा नै पहिलो पटक फुटबल प्रतियोगिता आयोजना गरेर उत्त्रृmष्ट कार्य गरेकोमा बिद्लायालाई धन्यबाद दिनु भयो ।
वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिव कुमार श्रेष्ठको सभापित्वमा सम्पन्न भएको कार्यक्रममा प्रिन्सिपल डा. लाल रापचाले स्वागत र शिक्षक कृष्ण जिसीले संचालन गरेका थिए । प्रतियोगितामा जिल्लाका १० बिद्लायाका छात्रा टिम सहभागी रहेका छन् । अफिसियल तथा रेफ्री संयोजन  जिल्ला फटबल संघ म्याग्दीका अध्यक्ष इपिन तिलाजाले गर्नु भएको छ । प्रमुख अतिथि खड्कालाई अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
आज भएका  खेलहरुमा ट्राइब्रेकरमा बेनी सामुदायिक मावि लाइ ३ – २ ले हराउदै बेनी बोर्डिंग, म्याग्दी एकेडेमीलाई ट्राइब्रेकरमा ३ – २ ले हराउदै न्यु होराइजन् बोर्डिंग पर्बत बेनी र गलेश्वर आवासिय माविलाई ट्राइब्रेकरमा ४ – ३ ले हराउदै माउन्ट एभरेस्ट दोश्रो चरणमा प्रबेश गरेका छन् । प्रतियोगिता १४ गते सम्म संचालन हुने खेल शिक्षक दिपेन राईलाई उदृत गर्दै वेष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताएका छन ।