उन्नतीले मनाईन ओमकुमारी शान्ति कोषसँग जन्म दिन

  • १२ जेष्ठ २०७४, शुक्रबार
  • 1719 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी । म्याग्दीमा पछिल्लो समयमा विभिन्न अवसर पारेर परोपकारी क्षेत्रमा सहयोग गर्ने परम्पराको विकास हुँदै गएको छ । जन्म दिन, अन्य कुनै विशेष दिन लगायतको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्ने गरेका छन् । यसैवीच बेनी नगरपालीका ७ मंगलाघाटका एक परिवारले छोरीको जन्मदिन परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरेर मनाएको छ । मंगलाघाटकी उन्नती फगामीको १२ औ जन्मदिनको अवसर पारेर उनकाा बुवा रेशम, आमा गौमती र हजुरआमा भगवती पुर्जाले शान्ति कोषलाई २५ हजार ५२५ रुपैया उपलब्ध गराएका छन् ।
जटिल रोगका कारण थलीएका गरिब तथा विपन्न म्याग्देलीको उपचारमा सघाउने उद्देश्यले स्थापीत कोषमा डेढ करोड पु¥याउने अभियान अन्तरगत उनीहरुले संस्थाका अध्यक्ष राजेश शाक्य, संस्थापक चन्द्रकुमार केसी, सचिव लोकेश पुनमगर लगायत पदाधीकारीहरुलाई रकम हस्तान्तरण गरेका थिए ।