छन्त्याल भाषामा सांस्कृतिक गीत रेकर्ड हुदै

  • १२ जेष्ठ २०७४, शुक्रबार
  • हिरा बुढाथोकी
  • 4112 पटक पढिएको

म्याग्दी, १२ जेठ । नेपालको अल्प संख्यक जनजातिको रुपमा रहेको छन्त्याल जातिले पछिल्लो समय आफ्नो हक अधिकार संगै जातिय पहिचान तथा संस्कार र संकृतिकको संरक्षण खोजिरहेका छन् ।देशको कमै स्थानहरुमा मात्र बसोबास रहेको छन्त्याल जाति पूर्ववर्ती समयमा तामा खानीका बैज्ञानिक तथा इन्जिनियर समेत मानिन्छन। पछिल्लो पुस्तामा भाषा र संस्कृति प्रतिको बेवास्ताका कारण आफुहरुको पहिचान झनै धरापमा पर्दै गएको छन्त्याल अग्रजहरुले चिन्ता ब्यक्त गर्ने गरेकाछन ।

बिशेस गरि छन्त्यालहरुको बसोबास म्याग्दी, बागलुङ, गुल्मी, सुर्खेत, रुकुम, प्यूठान लगाएतका ग्रामिण बस्तीहरुका साथै बसाइसराइ गरि देशको मुख्य सहरहरुमा समेत छन्त्याल जातिहरुको बसोबास रहदै आएको छ। पछिल्लो जनगणना अनुसार मुलुकभर छन्त्याल जातिको जनसंख्या ११ हजार ८ सय १० रहेको छ । अग्रज हरुको पछिल्लो पुस्ताले भाषा संस्कृति भुल्यो भनेर चिन्ता गर्दै गर्दा आफुहरुले कही न कहीबाट संरक्षण खोज्दै मातृ भाषामा गीत तैयार गरेर रेकर्ड गर्न लागेको गीतकार प्रबिण छन्त्यालले जानकारी गराएका छन् ।

प्रवेश छन्त्याल (तारा) को शब्द सिर्जना रहने छन्त्याल भाषाको उक्त गीतमा प्रबिन छन्त्यालको संगीत तथा गाएक दिप छन्त्यालको स्वर रहनेछ भने गायिका कस्लाई राख्ने भन्ने बारेमा टुंगो लागी नसकेको यस गीतका शब्द रचनाकार प्रवेश प्रबासी (तारा) ले बताए । त्यस्तै यस गीतको तैयारीका लागि मानसिक रुपमा सम्पुर्ण व्यवस्थापन इजराइल बाट बिष्णुमति छन्त्यालले गरेकी छिन भने आर्थिक व्यवस्थापन गिता छन्त्याल र स्टुडियो व्यवस्थापन धनकुमारी छन्त्यालले गरेका छन् । आफुहरुको चाहानालाई देश तथा बिदेशमा रहेका छन्त्याल दाजुभाइ दिदिबहिनीहरुले उत्साहाका साथ सहयोग पुर्याउने विस्वास ब्यक्त गर्दै सबैलाई आर्थिक ,भौतिक, नैतिक सबै प्रकारको सहयोगको लागी गीतकार छन्त्यालले आग्रह गरेका छन्।

रेकर्डिङ्गको अन्तिम तैयारीमा रहेको गीतका बारेमा शब्द रचनाकार ताराले आफ्नो भनाइ यसरि ब्यक्त गरेका छन्

संगित आफैमा अभुत शक्ति हो । जसले हर परिस्थिति र स्थानको महिमा गाएका हुन्छन् । यति मात्र होइन संगित त्यो ओखती हो जसले विरक्त मझेरीलाई ओखती सरी सान्त्वना दिएको हुन्छ भने अजम्वरी खुशीहरुलाई तरेली वनेर सम्वोधन गरेको हुन्छ । स्वभाविक नै संगितले जातिय गरिमाको भाव बोल्न सक्दछ । जातिय पहिचान र विकासको खातिर आवश्यक नारा समेत संगितबाट असम्भव छैन । आज हाम्रो छन्त्याल जाति भित्र पनि धेरै कलाकारहरु जन्मदो क्रम जारी छ । यो गर्व गर्न योग्य कुरा ठान्दछु ।

तर छन्त्याल कलाकारहरु भएर पनि आफ्नै मौलिक गित संगीत प्रति प्रेरित नहुनु दुर्भाग्य हो । सायद एउटा जग नै नभएको कारण त होइन ? यसर्थ, हामीहरु यिनै बाध्यताहरुलाई आत्मासाथ गर्दै छन्त्याल कलाकार भएको नाताले आफ्नो जातिय गरिमा र पहिचानको ख़ारित संगित मार्फ़त पनि केही टेवा पुर्याउन सकिने अठोटका साथ सुरुवातीमा रहेकाछौ । केही नभएको अवस्थामा जग मात्र वसालौँ जसवाट अबका पिढीँहरु उत्साहित होस् । यिनै विषयहरुमा केन्द्रित धेरै सल्लाह सुझाव दिने व्यक्तित्वहरु भेटायौ सबैलाई धन्यवाद दिन चाहन्छौ । छन्त्याल कलाकारहरु वीच पनि कुराकानी भैसकेको छ कतिले राम्रै समर्थन जनाउनु भयो कति गुमनाम रहनु भयो । सबैको आफ्नै विचार हो । सहभागिता मात्र जनाउनु भएका सहपाठीहरु वीच झनै धेरै धन्यवाद बोल्दछु ।

हिरा बुढाथोकी

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l