ठूलो सल्लेरीका उपभोक्ताहरुलाई वन व्यवस्थापन सम्बन्धी सन्देशमुलक कार्यक्रम

  • ११ जेष्ठ २०७४, बिहीबार
  • 3311 पटक पढिएको

म्याग्दी, ११ जेठ । बेनी नगरपालिका ९ स्थित ठूलो सल्लेरी सामुदायिक वनका उपभोक्ता समुहमा वन व्यवस्थापन सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन्देशमुलक कार्यक्रम गरिएको छ । जिल्ला वन कार्यालय म्याग्दीको आयोजनामा उपभोक्ता समुहका सदस्यहरुलाई अग्नी रेखा मर्मत,सरसफाई र प्रज्वलनशिल सुख्खा वस्तुको व्यवस्थापन सम्बन्धि जानकारी गराइएको हो ।

डढेलोका कारण वर्षेनी वन विनास हुँदै गएकाले वन संरक्षणमा उपभोक्ताहरुलाई जागरुक वनाउन कार्यक्रम गरिएको ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्य चोखालले बताउनुभयो ।

उपभोक्तहरुको ६ वटा समुह बनाई वन डढेलोको असर, हानी नोक्सानीको बारेमा जानकारी दिई नियन्त्रण सम्बन्धी सूचना तथा सन्देशहरु प्रसारण गरिएको थियो ।

कार्यक्रमले उपभोक्ताहरुमा जनचेतना अभिवृद्धि भएको जिल्ला वन कार्यालयका कार्यक्रम संयोजक तथा व्यस्थापक सन्तोष पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा घतान इलाका वन कार्यालयका सागर खतिवडा जिल्ला वन कार्यालयका नासु छविलाल भुुषालले सहजीकरण गर्नुभएको थियो ।