प्रकोप नियन्त्रणमा स्थानीयतहको भूमिका महत्वपूर्ण : उपशाखा प्रशासक डा.शर्मा

  • ११ जेष्ठ २०७४, बिहीबार
  • सुन्दर कुमार थकाली
  • 2065 पटक पढिएको

मुस्ताङ , ११ जेठ । ईपिडिभिओलोजी तथा रोग नियन्त्रण महाशाखा र जिल्ला स्वास्थ कार्यालय मुस्ताङको संयूक्त आयोजनामा संञ्चालित तीनदिने योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा उपशाखा प्रशासक गुणनिधि शर्माले प्रकोप नियन्त्रणमा स्थानीयतहको भूमिका महत्वपूर्ण हुँने बताउनुभयो । उपशाखा प्रशासक एवंम् प्रशिक्षक शर्माले स्थानीय तह अधिकार संम्पन्न भएकाले भई परि आउँने प्रकोप न्यूनिकरण तथा रोगथामका लागि स्थानीयतहले चाँसो दिएर कार्यसंम्पादन गर्नु पर्ने बताउनुभयो ।

स्वास्थक्षेत्र अत्यन्तै संम्वेदनशिल बिषय भएकाले यसको व्यवस्थापनको जिम्मा स्थानीय निकायको भएको उल्लेख गरे ।

उनले बिपत व्यवस्थापन गर्ने दायित्व केवल गृह मन्त्रालय,सुरक्षकर्मी र स्वास्थक्षेत्रको मात्र नभई यसलाई व्यवस्थित रुपमा हल गर्न सबै निकायको समन्ययकारी भूमिका आवश्यक रहेको बताउनुभयो । तालमा ताल मिलाएर समज्वय गर्न जरुरी छ’शर्माले भन्नुभयो ।

‘प्रकोप र बिपतका अनेंकन पाटाहरुमा सरकारी,गैरसरकारी तथा आम नागरिक एकिबद्ध हँने वातावरण सृजना गर्नुपर्ने हुन्छ ।

’उहाँले भन्नुभयो । मुस्ताङका सहायक प्रजिअ लक्ष्मण खड्काले प्रकोप तथा बिपत व्यवस्थापनमा सरकार र जनता बीचको समन्वय आवश्यक रहेको बताउँदै जनताका समस्या के हुन् तिनको निक्र्योल गरि समस्या समाधानको बाटो पहिल्याउन सबैतह जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा जिल्ला स्वास्थ कार्यालयका प्रमुख भोजराज गौतम, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र थकाली, शैनिक उच्च शिखर शिक्षालयका डा. प्रशन्न बिनायक कार्की, नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखाका सभापती चन्द्र बहादुर थकाली र प्रशिक्षार्थी सोभा पूनले प्रकोप नियन्त्रण तथा बिपत व्यपस्थापनका बिषयमा बोल्नुभएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र थकालीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन माधव ओझाले गरेका थिए ।

सुन्दर कुमार थकाली