म्याग्दी उद्धार समिति बहराईद्धारा राहत वितरण

  • १० जेष्ठ २०७४, बुधबार
  • रामचन्द्र पौडेल
  • 2545 पटक पढिएको

मनमा बहराईन । म्याग्दी उद्धार समिति बहराईन ले बहराईन स्थित एक कम्पनी मा आन्तरिक समस्यामा परेका  कामदार लाई राहत बितरण गरेको छ। बहराईन को अल अक्कर र हजियत लेबर क्याम मा संस्थाका अध्यक्ष तेजेन्द्र थापा, संरक्षक गोरख राम्जाली, प्रमुख सल्लाहकार लाल प्रसाद पुन, सल्लाहकार भरत रत्न सल्लाहकार लेखत छन्त्याल, उपाध्यक्ष लोक राम्जाली, महासचिब भक्त सिन्किजा पुन, कोषाध्यक्ष बिकास पाइजा तथा कार्यकारीणी सम्योजक राम चन्द्र पौडेल को उपस्थिती मा बिभिन्न खाध्यान्न का सामाग्री बितरण गरियको थियो ।

सो कम्पनी मा हाल केही नेपाली अलपत्र अवस्था मा रहेको कुरा सोही कम्पनी का कार्यरत कामदार ले बताएका छन । उनीहरु ले बिगत केही महिना देखी कम्पनी देखी तलब तथा खाध्यान्न केही नपाएको जानकारी गराएपछि समितिले राहत प्रदान गरेको हो । ति कम्पनीमा रहेका  उनिहरु को भिसा पनि नभएको र नेपाल राजदुताबासलाई जानकारी गराउँदा पनि खासै सहयोग प्राप्त नभएको गुनासो गरेका छन्  ।

सोही कम्पनी मा हाल अरु केही नेपाली कामदार पनि भएको र उनिहरु ले पनि बिगत २ महिना देखी तलब नपाएको गुनासा गरेका थिए । पीडित २ जना म्याग्दी का पनि छन ।  म्याग्दी उद्धार समिती का अध्यक्ष तेजेन्द्र थापा तथा एन आर एन बहराईन का कार्यबहाक अध्यक्ष लाल प्रसाद पुन ले नेपाल  राजदुताबास लाई आधिकारीक रुप मा जानकारी गराउने र सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाउनुभएको छ । म्याग्दी उद्धार समिती बहराईन ले बहराइन मा समस्या मा परेका नेपाली तथा म्याग्देलि र नेपाल मा पनि बिभिन्न सामाजिक क्षेत्रमा सहयोग पुराउँदै आएको छ ।

रामचन्द्र पौडेल