सगरमाथा आधार शिविरमा ४ आरोही मृत भेटिए

  • १० जेष्ठ २०७४, बुधबार
  • 2293 पटक पढिएको

काठमाडौं १० जेठ,  । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी अारोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरुको परिचय खुल्न सकेको छैन । सेभेन समिट ट्रेकमा दावा शर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली उनको खोजीमा सगरमाथा गएको थियो । उनीहरुको मृत्यु क्याम्पमा अक्सिजनको कमीको कारण भएको मानिएको छ ।

यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको अहिलेसम्म संख्या १० पुगेको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने अहिलेसम्म घटनाबारे आधिकारिक जानकारी नआएको बताए । News source: www.onlinekhabar.com