दाना क्षेत्रमा निशूल्क सिम वितरण

  • ९ जेष्ठ २०७४, मंगलवार
  • 2713 पटक पढिएको

म्याग्दी, ९ जेठ । नेपाल टेलीकम म्याग्दी शाखाले दाना क्षेत्रका बासिन्दालाई निशूल्क सिमकार्ड वितरण गरेको छ । अन्नपूर्ण गाउँपालीका ३ दानामा गत आईतबारदेखि मोवाईल टावर सञ्चालनमा ल्याएर सेवा विस्तार गरेको टेलीकमले स्थानीय बासिन्दालाई निशूल्क सिम वितरण गरेको हो ।
आईतबार र सोमबार दानामा घुम्ती टोली मार्फत ५५० थान सिमकार्ड वितरण गरेको शाखा प्रमुख बिष्णुदेव शाहले बताउनुभयो । ५० रुपैया ब्यालेन्स रहेको सिमकार्ड निशूल्क वितरण गरीएको हो । टेलीकमले यसअघि धौलागिरी गाउँपालीका ७ ताकम र मालीका ५ देविस्थानमा ९८१ थमन सिमकार्ड निशूल्क वितरण गरेको थियो ।

ताकम र दानामा टावर राखेर मोवाईल फोन सेवा विस्तार गरेको टेलीकमले बेग, पाखापानी, अर्मन, रुम लगायतका ठाउँमा नयाँ टावर स्थापना र थ्रिजी सेवा विस्तार गर्ने काम तिब्र बनाएको छ ।