हिमालयन प्रोजेक्ट संस्थाद्धारा अन्नपुर्ण प्राविको भवनलाई ५ लाख सहयोग

  • ८ जेष्ठ २०७४, सोमबार
  • 2567 पटक पढिएको

म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा गाउपालिका ३ मा रहेको अन्नपुर्ण प्राथमिक विद्यालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्ट बेल्जियमद्धारा ५ लाख सहयोग गरेको छ । भुकम्पले क्षेतिग्रस्त विधालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्टले ५ लाख सहयोग गरेको हो ।


गतबर्ष विद्यालयका भुतपुर्व विद्यार्थी राजु गिरिको पहलमा भुकम्प क्षेतिग्रस्त भएको विद्यालयको हिमालयन संस्थाले अवलोकन गरेर गएको थियो ।  उक्तसंस्थाबाट प्राप्त सहयोगले विद्यालयको भवन पुननिर्माणको लागि ठुलो सहयोग पुगेको  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले बताए ।

विद्यालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्ट संस्था बेल्जियमका पवल भन्द्रे मुर्टेल  र उहाँकी श्रीमती निता बुद्धुजाले ५ लाख रुपैया आर्थिक सहयोग गरेक थिए । साथै उनीहरुले आगामी दिनमा पनि विद्यार्थीका लागि कम्प्युटर शिक्षा लागि आवश्यक पर्ने सबै सामाग्री र कम्प्युटर शिक्षकका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
यसैविच भुकम्पले क्षतिग्रस्त विद्यालयको तिन कोठे भवन निर्माण कार्य भइरहेको छ ।  उक्त भवन निर्माणमा विभिन्न क्षेत्रबाट प्राप्त रकम अपुग भएको हुदाँ सो प्राप्त रकम उक्त निर्माण कार्यमा खर्च गरिने  अध्यक्ष भण्डारीले बताए ।