स्वर्गीय श्रीमानको स्मृतिमा विद्यालयलाई एक लाख सहयोग

  • ७ जेष्ठ २०७४, आईतवार
  • 2745 पटक पढिएको

म्याग्दी, ७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ निवासी मानमती कटुवालले स्थानीय सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयलाई रु १ लाख १ हजार १०५ सहयोग गर्नुभएको छ । स्वर्गीय श्रीमान सुवेदार भबबहादुर कटुवालको स्मृतिमा उहाँले विद्यालयलाई सो सहयोग गर्नुभएको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रममा सहयोगदाता कटुवालले विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष एककुमारी कटुवाल र विद्यालयका प्रधानध्यापक तोरणबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अबसरमा स्थानीयबासी तथा विद्यालयका भूपु शिक्षक अभिभावक संघका अध्यक्ष तर्कबहादुर केसीले समेत विद्यालयलाई रु ५ हजार १०५ सहयोग गर्नुभएको थियो । सहयोगदाताहरुबाट प्राप्त सहयोगलाई विद्यालयको भौतिक पूर्वाधार निर्माणमा लागेको ऋण तिर्न परिचालन गरिने प्रअ श्रेष्ठले बताउनुभयो ।