माओवादी केन्द्रद्धारा मतदातालाई धन्यवाद

  • ७ जेष्ठ २०७४, आईतवार
  • 1905 पटक पढिएको

म्याग्दी, ७ जेठ । नेकपा माओवादी केन्द्र बेनी नगर कमीटिले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी र उमेद्वारलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

नगर कमिटिका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकमा चुनावी परिणामको समिक्षा गर्दै मतदातालाई धन्यवाद दिने निर्णय गरेको हो । यसैगरी मंगला गाउँपालीका कमिटिको समिक्षा बैठकले समेत मतदातालाई धन्यवाद दिने निर्णय गरेको छ ।
मंगला गाउँपालीका वडा न. ४को वडा अध्यक्षमा निर्वाचित ओमबहादुर रोका (रवी) र सदस्यहरुलाई बधाई ज्ञापन समेत गरेको छ । बेनी नगरपालीका र मंगला गाउँपालीकामा काँग्रेससंग भएको तालमेलको प्रभावकारी कार्यान्वयन हुन नसकेको बैठकले निष्कर्ष निकालेको छ ।