बेनीमा तेस्रो जेनेरेशन क्रिकेट कप शुरु

  • ६ जेष्ठ २०७४, शनिबार
  • 2891 पटक पढिएको

म्याग्दी, ६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि तेस्रो जेनेरेशन क्रिकेट कप–२०७४ शुरु भएको छ ।  न्यु जेनेरेशन युवा क्लब बेनीबजार म्याग्दीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको बेनी नगरपालिकाका नवनिर्वा्चित उपमेयर सन्जु बरुवालले बलिङ र बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराईलीले व्याटिङ गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।


क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नवनिर्वा्चित उपमेयर बरुवालले खेलक्षेत्र राष्टलाई एकतामा ल्याउन सहयोग पुगेको बताउँदै खेलकुद क्षेत्रको दीगो विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । आगामी शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दी, पर्वत बागलुङ र पोखराका कुल १४ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ र द्वितीयलाई १७ हजार ११७ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने क्लब अध्यक्ष विज्ञान शर्माले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन सत्र क्लब अध्यक्ष शर्माको अध्यक्षता, सचिव विनोद आचार्यको स्वागत र सुसन परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।