बागलुङमा एमालेले तोड्यो काँग्रेसको किल्ला । नगरपालिका प्रमुखमा जनक निर्वाचिन

  • ४ जेष्ठ २०७४, बिहीबार
  • 2643 पटक पढिएको

बाग्लुङ जेठ, ।

 बाग्लुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता जनक पौडेल र उपमेयरमा राप्रपाका नेता सुरेन्द्र खड्का विजयी भएका छन् । मेयर पदमा विजयी पौडेलले १२ हजार ३ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले १० हजार ६७ मत प्राप्त गरेका छन् ।
यस्तै, राप्रपाका सुरेन्द्र खड्काले ११ हजार १ सय ८७ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शकुन्तला शर्माले ९ हजार ३१ मत प्राप्त गरेकी छिन् ।

बाग्लुङ नगरमा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाबीच गठबन्धन भएको थियो भने केही वडामा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गरेको थियो । १४ वटा वडा रहेको बाग्लुङ नगरपालिकाका ११ वटा वडामा गठबन्धनले र तीन वटा वडामा कांग्रेसले जितेको छ ।