रघुगंगा–२ मा निर्वाचित पदाधिकारीद्धारा मतदातालाई धन्यबाद ज्ञापन

  • ४ जेष्ठ २०७४, बिहीबार
  • 3432 पटक पढिएको

म्याग्दी, ४ जेठ । स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा–२ भगवतीमा नवनिर्वाचित पदाधिकारीहरुले मतदाताहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । विहिवार आयोजित एक कार्यक्रमका बिच नवनिर्वाचित वडा अध्यक्ष रिम कटुवाल लगायतले निर्वाचनमा मतदान गरि आफुहरुलाई बिजयी गराउने सबै मतदाता तथा सबै वडाबासीलाई धन्यबाद ज्ञापन गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष कटुवालले निर्वाचन मार्फत वडाअध्यक्षमा निर्वाचित भएपछि आफु साझा व्यक्ति भएको महसुस गरेको बताउँदै जनतालाई पार्टीभन्दा माथि उठेर सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सिंगा गाउँपालिका र वडाको विकासमा आफुले जनअपेक्षा बमोजिम भुमिका निर्वाह गर्ने समेत बताउनुभयो ।

कार्यक्रमा नवनिर्वाचित वडा सदस्य देवेन्द्र केसी, विष्णु भण्डारी र रसिला परियार र नेकपा माओवादी केन्द्रका विनोद केसीले समेत मन्तव्य राख्नुभएको थियो । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष श्रीकृष्ण रिजालको अध्यक्षता र एमालेका गाउँकमिटी अध्यक्ष ध्रुव सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन बालकृष्ण खत्रीले गर्नुभएको थियो ।