बेनीमा राप्रपाको बिजय उत्सव

  • ४ जेष्ठ २०७४, बिहीबार
  • 3835 पटक पढिएको

म्याग्दी ४ जेठ । बेनी नगरपालीकाको उपप्रमुखमा जित हाँसील गरेको राप्रपाले बिहीबार बेनीमा बिजयउत्सव मनाएको छ ।   स्थानीय तह निर्वाचनमा बेनी नगरपालीकाको उपमेयरमा राप्रपाकी सञ्जु बरुवाल, २ नम्बर वडा सदस्यमा चन्द्र कुँवर र ७ नम्बर वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । बिजय उमेद्वारहरु सहित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरेर सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपमेयरमा निर्वाचित बरुवालले बेनी नगरपालीकाको अभिभावकको भुमिका निर्वाह गर्ने बताउदै नगरवासीको सेवामा सर्मपती हुने बताउनुभयो । चुनाव प्रचारका क्रममा गरेका प्रतिवद्धता अनुसार नगरपालीका क्षेत्रमा विकास गतिबिधि अघि बढाउने बताउनुभयो ।
राप्रपाका केन्द्रिय सदस्य तथा पूर्वराज्य मन्त्री भिमप्रसाद गौचनले म्याग्दीको विकासमा राप्रपाको योगदान जनताले सम्झीरहने बताउँदै तालमेलमा सघाउने एमाले नेता कार्यकर्ता र मतदाताहरुलाई धन्यवाद दिनुभयो ।

राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको अध्यक्षता र प्रबत्ता हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व जिल्ला अध्यक्ष एकेन्द्र रावलले मतदातालाई धन्यवाद दिदै निर्वाचित उमेद्वारहरुलाई जनउत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो ।