बेनी अस्पतालबाट एक युवतीको स्वाब परीक्षणका लागि पोखरा पठाइयो

  • १८ चैत्र २०७६, मंगलवार
  • 2495 पटक पढिएको

कमल खत्री

बेनी, १८ चैत । कोरोना भाइरसको संक्रमणको लक्षण देखिएपछि बेनी अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएकी एक युवतीको स्वाब परिक्षणको लागि पोखरा पठाईएको छ । गण्डकी प्रदेश सरकार मातहत मंगलवारदेखि कोरोना भाइरस परिक्षण मेसिनको प्रयोगमा आएपछि बेनीमा संकलन गरिएको स्वाब पोखरा नै पठाईएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले ब्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) को प्रयोग गरि सुरक्षित रुपमा श्वाब निकालेका थिए । पर्वतको जलजला गाउँपालिकामा बस्ने २७ वर्षिया युवतीलाई कोरोना भाइरस जस्तै सम्भावित लक्षण देखा परेपछि सोमबार बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

श्वाप्रश्वासमा समस्या भएपछि अस्पतालको सम्पर्कमा आएका व्यक्तिको लक्षणहरु कोरोनासंग मिल्दोजुल्दो देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो ।  युवतीकाे स्वास्थ्य अबस्था अहिले भने सामान्य नै रहेकाे अस्पतालले जनाएकाे छ ।   पोखरा पठाईएको स्वाब परिक्षणको रिपोर्ट वुधवार नै आउने अस्पतालले जनाएको छ । रिपोर्ट आएपछि मात्रै ति युवतिलाई कोरोनाको संक्रमण भए÷नभएको पुष्टि हुनेछ ।

????????????????????????????????????