लकडाउनलाइ प्रभाबकारी बनाउन अर्मनमा स्थानीयले गरे सडक नै अबरुद्ध

  • १७ चैत्र २०७६, सोमबार
  • 1600 पटक पढिएको

म्याग्दी १७ चैत । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका स्थानीयले सवारी साधन हुँदै आवत जावत बढेपछि सडक नै अबरुद्ध बनाएका छन् । कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले गरेको लकडाउनको अबज्ञा हुने क्रम बढेपछि स्थानीयले सडकछेउका रुख ढलाएर सडकलाई नै अबरुद्ध बनाएका हुन् ।

बावियाचौरबाट जाने पुलचोक हुँदै अर्मन, पाखु, क्षेत्रमा मोटरसाईकलको आवत जावत बढेपछि सडक अबरुद्ध बनाउन बाध्य भएको स्थानीय गोपाल सापकोटाले जानकारी दिनुभयो । अत्याबश्यक काम परेमा बाटो खुलाउने गरि अबरुद्ध गरेको उहाँको भनाई छ । अहिले स्थानीयले कतिपय स्थानमा सडकमा ठुला काठ तेस्राएर समेत अबरुद्ध बनाएका छन् । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र बाहिरबाट कसैलाई पनि गाउँमा प्रवेश नहोस भनेर सडक अबरुद्ध गराउनुपरेको स्थानीयको भनाई छ ।