कोरोना रोकथामका लागि अन्नपूर्ण गाउँपालिकामा ७० लाखको कोष स्थापना

  • १५ चैत्र २०७६, शनिबार
  • 1663 पटक पढिएको

चैत १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न ७० लाख रुपैयाको विपद व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिका अध्यक्ष क्या डमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको वैठकले उक्त रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न पूर्व तयारीको लागि विपद व्यववस्थापन कोष स्थापना गरी सो कोषमा सचेतनामुलक कार्यक्रम, रोकथामका कार्य र खाद्यान्नको समेत ब्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले हरेक वडामा ४ बेड क्षमता र तातोपानी स्थित सर्वोदय माविमा निर्माण गरिएको ६ बेड क्षमताको क्वारेनटाइनलाई ५० बेड सम्म विस्तार गर्ने गरि आबश्यक कार्य गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले सम्भावित खाद्यसंकटको समस्या टार्नका लागि खाद्यान्न खरिद गरि स्टोर गर्ने र आबश्यकताको आधारमा जनतालाई उपलब्धता गराउने निर्णय समेत गरेको प्रवक्ता बरुवालले बताउनुभयो । गाउँपालिकाले विपद व्यवस्थापनको लागि स्थापना गरेको कोषमा सहयोग गर्न चाहने दाता, संघसंस्थार व्यक्तिहरुलाई समेत सहयोगको लागि अपिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

प्रभु वैंकमा गाउँपालिकाले खोलेको विपद व्यवस्थापन कोषको खाता नम्बर १८०००२०११०४१२६००००७ मा रकम जम्मा गर्न अनुरोध गरीएको छ । त्यसैगरि बैठकले पालिका र वडा स्तरमा समेत विपद व्यवस्थापनको लागि समन्वय समिति गठन गर्ने निर्णय गरेको छ भने लकडाउनलाई थप प्रभाबकारी बनाउने र जनप्रतिनिधिले घरदैलो मार्फत जचेतना अभिबृद्धी गर्ने निर्णय समेत गरकेो छ ।