अन्नपूर्ण गाउँपालीका प्रमुखमा काँग्रेसका डमबहादुर पुन बिजयी

  • ३ जेष्ठ २०७४, बुधबार
  • 3434 पटक पढिएको

म्याग्दी ३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसका डमबहादुर पुन बिजयी भएका छन् ।  अध्यक्षमा निर्वाचित पुनले तिन हजार ३२० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तिन हजार १२७ मत पाएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसकी केशमाया मगरले तिन हजार २४५ मत ल्याएर बिजयी भएका छन् ।

उनकी प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाईजाले तिन हजार १८६ मत पाएकी छिन् । दश हजार ५१९ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालीकामा सात हजार २२ मत खसेको थियो । अन्नपूर्ण गाउँपालीकाको ८ मध्य चार वटामा नेपाली काँग्रेसका, तिन वटामा एमाले र एक वटामा नेकपा माओवादी केन्द्रका उमेद्वारले वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

वडा न. १ दोवामा एमालेका दिलीप गर्बुजा, २ भुरुङ तातोपानीमा नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामी, ३ दानामा एमालेका नरसिङ पुन, ४ नारच्याङमा नेपाली काँग्रेसका चन्द्रप्रकाश फगामी, ५ शिखमा काँग्रेसका दिनेशकुमार पुन, ६ घारमा काँग्रेसका कृष्णप्रसाद बरुवाल, ७ हिस्तानमा काँग्रेसका गमबहादुर फगामी, ८ राम्चेमा एमालेका खमबहादुर गर्बुजा बिजयी भएका छन् ।