कोरोनाको कारण मोना कतारको बार्षिकोत्सव कार्यक्रम स्थगित

  • २४ फाल्गुन २०७६, शनिबार
  • 1826 पटक पढिएको

म्याग्दी २४ फागुन । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको सत्रौँ बार्षिकोत्सव तथा आन्तरिक वनभोज कार्यक्रम स्थगीत भएको छ । मार्च १३ तारिकका दिन आयोजना गर्ने भनिएको बार्षिकोत्सव कार्यक्रम विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको समस्यालाई मध्यनजर गर्दै स्थगित गरिएको मोना कतारले जनाएको छ ।

पूर्वनिर्धारित कार्यक्रम रहेपनि पछिल्लो समय विश्वव्यापि समस्या बनेको कोरनाको नियन्त्रणको लागि कतार सरकार र नेपाली दुताबास कतारबाट समेत कुनैपनि सेमिनार, भेला, बैठक र अनाबश्यक जमघट नगर्न सुचित गरे बमोजिम कार्यक्रमलाई स्थगित गरिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले जानकारी दिनुभयो ।

अल दोशरी पार्कमा आयोजना गर्ने भनिएको कार्यक्रमको तयारी पूरा भैसकेको भए पनि स्वास्थ्य नै सभैभन्दा ठुलो भएकाले कोरलाको संक्रमणको अबस्थालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्नु परेको जनाईएको छ । संस्थाको १३ औँ नियमित मासिक बैठकलले तत्कालको लागि अर्को सुचना जारी नभएसम्मको लागि बार्षिकोत्सव कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको हो ।