मालिका गाउँपालिका प्रमुखमा काँग्रेसका रोका विजयी

  • ३ जेष्ठ २०७४, बुधबार
  • 4027 पटक पढिएको

म्याग्दी, ३ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा नेपाली काँग्रेसका श्रीप्रसाद रोका विजयी हुनुभएको छ । केहिबेर अघि सम्पन्न मतगणनामा रोकाले एमालेका बेगप्रसाद गर्बुजालाई ८४ मत अन्तरले पराजित गर्दै रोका गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो ।
विजयी रोकाले २ हजार ७०६ मत ल्याएका थिए भने एमालेका गर्बूजाले २ हजार ६२२ मत प्राप्त गर्नुभएको छ ।


नेपाल तरुण दल म्याग्दीका उपाध्यक्ष र मालिका गाउँपालिकाको अध्यक्ष समेत रहनुभएका रोकाले विजयी पछि संक्षिप्त प्रतिक्रिया दिदै गाउँपालिकालाई समृद्ध बनाउन र यसअघि चुनाबी प्रतिबद्धता पूरा गर्न प्रतिक्रिया दिनुभयो । गाउँपालिकाको उपप्रमुखमा भने एमालेका खरमायाँ विटालुले २ हजार ६९१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी काँग्रेसका विमला रोकाले २ हजार ६६४ मत ल्याउनुभएको छ ।


निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न बाँकी छ । म्याग्दीको दोश्रो व्यापारिक केन्द्रको रुपमा परिचित दरबाङबजारमा केन्द्र रहेको मालिकामा १० हजार ६४४ मतदाता रहेको मालिका गाउँपालिकामा ७ हजार १३ मत खसेको थियो ।
७ वटा वडा रहेको मालिका गाउँपालिकामा एमाले तिन, काँगेस दुई तथा नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्यानलले एक÷एक वटा वडाको अध्यक्षमा बिजयी भएका छन् ।
मालिका वडा नम्बर १ निस्कोटको अध्यक्षमा काँग्रेसका टंक पुन , वडा २ रुमको अध्यक्षमा एमालेका नरबहादुर पुन, वडा नम्बर ३ डाँडागाउको अध्यक्षमा एमालेका होमबहादुर पुन, वडा ४ ओखरबोटको वडा अध्यक्षमा माओवादी केन्द्रका दिलिप शेरचन, वडा नम्बर ५ देविस्थानको वडा अध्यक्षमा काँग्रेसकी पिपला बुढाथोकी, वडा ६ दरबाङको वडा अध्यक्षमा एमालेका सन्तनाथ जैसी र वडा नम्बर ७ बिमको वडा अध्यक्षमा  स्वतन्त्र प्यानलका सुविन जुग्जाली बिजयी हनुुभएको छ ।