बेनी नगरपालीका ४, ५,६ र ७ मा एमाले बिजयी

  • ३ जेष्ठ २०७४, बुधबार
  • 2477 पटक पढिएको

म्याग्दी ३ जेठ । बेनी नगरपालीका ४, ५, ७ र ७ मा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् ।     बेनपा ४ को वडा अध्यक्षमा नेकपा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अणबहादुर खड्का (भगवान)ले ४२५ र नेपाली काँग्रेसका मिनबहादुर बानियाले ४०५ मत प्राप्त गर्नुभएको छ ।

सदस्यमा दुर्गा कार्की बानिया, जमुना मिजार, खडानन्द कडेल र देवबहादुर घले निर्वाचित हुनुभएको छ । बेनपा ५को वडा अध्यक्षमा निर्वाचित एमालेका लक्ष्मण बानियाले ६९९ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा यामकुमारी पाईजा पुन, रिता दर्जी, तोकबहादुर कार्की र रामप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ ।

बेनपा ६ को वडा अध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर कार्कीले ७२२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण कार्कीले ३२० मत ल्याउनुभएको छ । वडा सदस्यहरुमा एमालेका सावित्री उपाध्याय, राजकुमारी विश्वकर्मा, गणेशबहादुर शाही र दयासागर शर्मा निर्वाचित हुनुभएको छ ।

वडा न. ७ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठले ३३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रमेश श्रेष्ठले २७९ मत प्राप्त गर्नुभएको । सदस्यमा माओवादी केन्द्रका शेरबहादुर केसी, राप्रपाका हरिबहादुर शाक्य, एमालेकी टकसरा राना र शर्मीला पुन किसान निर्वाचित हुनुभएको छ ।

बेनी नगरपालीकाको ७ वटा वडाको मतगणना सकिदा सम्म मेयरमा एमालेका प्रमोद श्रेष्ठले ४२६७, काँग्रेसका हरिकुमार श्रेष्ठले चार हजार १३७, उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले तिन हजार २८१ र माओवादी केन्द्रकी ज्योती लामीछाने पौडेलले दुई हजार ९९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेनी नगरपालीकाको ८, ९ र १० नम्बर वडाको मतगणना सकिन बाँकी छ । वडा न. १ मा एमालेका टेकबहादुर रावल, २ मा एमालेका हिराबहादुर थापा र ३ मा स्वतन्त्र उमेद्वार पदम पुन निर्वाचित हुनुभएको छ ।