मंगलाको तिन वटा वडामा नेकपा एमाले बिजयी

  • ३ जेष्ठ २०७४, बुधबार
  • 1484 पटक पढिएको

जेठ । म्याग्दीको मंगला गाउँपालीकाको १, २ र ३ नम्बर वडामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । मंगला १ कुहुँमा नेकपा एमालेका डेकबहादुर राम्जालीले ९०८ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । राम्जालीका प्रतिस्पर्धी काँग्रेसका केशरबहादुर घर्ती क्षेत्रीले ५९४ मत प्राप्त गर्नुभएको छ ।  

महिला वडा सदस्यमा डिलकुमारी खत्री (९९८), दलित महिला सदस्य रेलमती किसान (९७४),  सदस्यमा ओमकार शेरपुञ्जा (९३५) र जितमान गौचनले ९६६ मत प्राप्त गरेर बिजयी हुनुभएको छ । दुई हजार ४१३ मतदाता रहेको कुहुँमा एक हजार ६८० मत खसेको थियो ।
मंगला २ बाबियाचौरमा एमालेका धनबहादुर खातीले ५५४ मत ल्याएर निर्वाचित हुनुभएको हो । वडा सदस्यमा सरस्वती उपाध्याय, शान्ति सार्की, चक्रलाल पाण्डे र चन्द्रमान शेरपुञ्जा निर्वाचित हुनुभएको छ । दुई हजार ४७७ जना मतदाता रहेको बाबियाचौरमा एक हजार ७५० मत खसेको थियो ।

मंगला गाउँपालीका ३ मा नेकपा एमालेका कबिन्द्र रोकाले ६०५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका यामबहादुर रोकाले ५२७ मत प्राप्त गर्नुभयो । वडा सदस्यहरुमा एमालेका सरदेवी भट्टचन, लिलादेवी बिक, चन्द्रदत्त सापकोटा र दलबहादुर घर्ती निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तिन वटा वडाको मतगणना सकिदा मंगला गाउँपालीकाको अध्यक्षमा एमालेका सतप्रसाद रोकाले दुई हजार ३५९, माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाले एक हजार ७००, उपाध्यक्षमा एमालेकी सिर्जना केसीले दुई हजार २२३ र काँग्रेसकी हुमादेवी फगामीले एक हजार ३८१ मत प्राप्त गर्नुभएको छ ।