बेनी नगरपालिका–४को वडा अध्यक्षमा एमाले बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 1935 पटक पढिएको

म्याग्दी, २ जेठ । बेनी नगरपालिका- चारको वडा अध्यक्षमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । वडा अध्यक्ष पदमा ४९४ मत ल्याएर नेकपा एमालेका गोविन्द प्रसाद पौडेल बिजयी हुनुभएको हो । वडा अध्यक्षका पत्यासी तिन जनाबिच भएको कडा प्रतिस्पर्धामा झिनो मतअन्तरले पौडेल बिजयी हुनुभएको हो ।

त्यसैगरि सदस्यहरुमा दुर्गा कार्की, जमुना मिजार, खडानन्द कँडेल र देबबहादुर घले बिजयी हुनुभएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगवान खड्काले ४२३ र नेपाली काँग्रेसका मिनबहादुर बानीयाँले ४०५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै धौलागिरी गाउँपालिका–३ मुना र मंगला गाउँपालिका–२ बावियाचौरमा समेत एमाले विजयी भएको छ ।