अन्नपूर्ण –५ शिखमा मा काँग्रेस बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 5310 पटक पढिएको

म्याग्दी २ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार पुनले ५७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मगरका प्रतिस्पर्धी नेकपा एमालेका भिमबहादुर पुन मगरले ४६४ मत प्राप्त गर्नुभएको छ ।

सदस्यहरुमा सबै काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । महिला सदस्यमा बिर्जु रन्तिजा (६२७), दलित महिला सदस्यमा रामसुवा नेपाली (६३४), खुल्ला सदस्यमा राजेश तिलीजा पुन (६३२) र धनबहादुर पाईजा (६४५) मत ल्याई निर्वाचित हुनुभएको छ । एक हजार ९४७ जना मतदाता रहेको शिखमा एक हजार २०८ मत खसेको थियो ।

पाँच वटा वडाको मतगणना सकिदा अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसका डमबहादुर पुनले एक हजार ९८२, एमालेका नारायण पुनले एक हजार ७७४ र उपाध्यक्षमा काँग्रेसकी केशमाया मगरले एक हजार ९१७ र एमालेकी दुर्गादेवी पाईजाले एक हजार ७९७ मत प्राप्त गर्नुभएको छ ।