बागलुङको तमानखोलामा ट्याक्टर दुर्घटनामा रूमका तीन जनाको मृत्यु

  • २३ माघ २०७६, बिहीबार
  • 2752 पटक पढिएको

नारायण रिजाल                                                                                 माघ २३ । बागलुङ जिल्लाको तमानखोलामा बिहिवार साँझ ट्याक्टर दुर्घटना हुँदा  म्याग्दीका  तिन जनाको ज्यान गएको छ । तमानखोला वडा नम्बर ३ को बुलबुलेमा ग १ त ५७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ बर्षिय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।                       दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको वडा नम्बर १ बोगांदोभानमा दुलही लिन जन्ती लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए । दुर्घटनामा चार जना गम्भिर घाइते भएका छन् । म्याग्दी मालिका २ का बर्ष ४८ का मनप्रसाद पुन, बर्ष २९ को चालक रमेश घर्ति, बर्ष ४२ का खगेन्द्र पुन र बर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भिर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ । ट्याक्टरमा २०/२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताए । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ । विस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।