रघुगंगा गाउँपालिकामा अबको शैक्षिक आन्दोलन ?

  • २० माघ २०७६, सोमबार
  • 3419 पटक पढिएको

म्याग्दी २० माघ ।   कुनै पनि क्षेत्रको सचेत अवस्थाको मुल्याङ्कन त्यस स्थानको शैक्षिक अवस्थाले निधारण गर्छ । शैक्षिक र स्वस्थ बहसबाट नै सकरात्मक रुपान्तरण अङ्कुरित हुन सक्छ । रघुगंगा गाउँपालिकाको दिगो र समायनुकुल विकासका लागी शिक्षा क्षेत्रको संरचनात्मक परिवर्तनको आवश्यकता रहेको छ । बर्तमान अवस्थालाई निरन्तर सकरात्मक सुधार गर्दे यहाँको शैक्षिक सुधार र समयानकुल बनाउन नयाँ शैक्षिक बहसको आवश्यकता रहेको छ । शैक्षिक क्षेत्रको समयानकुल सुधारनै रघुगंगाको दिगो विकासको एकमात्र कडी हो । रघुगंगामा अबको राजनितीक, बौद्धिक बर्ग का साथै विद्यार्थी राजनितीले नयाँ शैक्षिक आन्दोलन सुरुवात गरि नतिजाको विन्दुमा पुग्नुपर्ने समय आएको छ । यहाँको शैक्षिक आन्दोलनका केही निम्न मुद्दाहरु हुन सक्छन् ।

१. स्थानिय पाठ्यक्रम निमार्ण : रघुगंगाको कार्यपालिकाले करिव एक बर्ष पहिले स्थानिय पाठ्यक्रम निमार्ण गर्ने भनेर निर्णय ग¥यो । तर बर्ष दिन पुग्दा सम्म पनी केही कदमहरु चलेको कुनै संकेत छैन् । अव कम्तिमा कक्षा ८ सम्मको स्थानीय तहले स्थानियसगँ र स्थानीय परिबेशसगँ मेल खाने केही विषयका पाठ्यक्रमहरु छिटोभन्दा छिटो निमार्णको थालनी गनुपर्छ । रघुगंगाको भविष्यको निर्धारण अव वनाईने स्थानिय पाठ्यक्रमले गर्ने छ । रघुगंगा गाउँपालिकाको दिगो विकासका लागी कस्तो जनशक्ति आवश्यक पर्ने यसको आधारमा अवको स्थानीय पाठ्क्रमको निरन्तर छलफलको आधारमा निमार्ण गनुपर्छ ।

२. शिक्षामा प्रविधीको उच्चतम प्रयोग  : केही दशक अघि एक व्यक्तिको सुचना र ज्ञानको दायरा अत्यन्त सिमित थियो । तर अहिलेको दिनमा अधिकाशं सुचना खल्तीमा र ज्ञानको पहुचको दायरा बृहद भएको छ । हिजोको शैक्षिक पद्धतीले शिक्षक बन्नुभएको शिक्षकहरुलाई प्रविधीमैत्री बन्नुपर्ने ठुलो चुुनौती थपिएको छ । दिनानु दिन अपग्रेट हुनुपर्ने अवस्था आएको छ । सरकारी विद्यालयका शिक्षक समायनुकुल हुन नसक्नु र निजी विद्यालयले प्रविधीयुक्त शिक्षण पद्धती अङ्गाल्न सक्ने शिक्षक फेरीरहनाले शिक्षा क्षेत्रमा दुई धुर्व तयार गरको छ । यसको विकल्प रघुगंगाका शिक्षकको कक्षा घन्टा घटाउदै प्रविधीको उच्चतम प्रयोगका लागी निरन्तर प्रोत्साहन गर्नु नै हो ।

३. विद्यालय बस र आवास सहितको विद्यालय : रघुगंगा गाउँपालिका भित्र रहेका विद्यालयका भौतिक र मानसिक संरचनालाई परिमार्जित गर्नु पर्ने समय आएको छ । अहिलेसम्मको अवस्था हेर्दा कुनै वडामा भुगोलका हिसाबले र कुनै वडामा जनसङ्ख्याका हिसावले विद्यालयका संरचना खडा गरिएका छन् । तर पछिल्लो समय स्थानीय विद्यालयहरुमा विद्यार्थीको चापमा प्रत्येक बर्ष हस्र आईरहेको छ । यसकोे प्रतक्ष्य असर शिक्षक व्यवस्थापन र शैक्षिक गुणस्तरमा परेको छ । रघुगंगाको शैक्षिक क्षेत्रलाई समयानकुलका साथै गुणस्तरीय बनाउने हो भने विद्यालयहरुका संरचनाहरुलाई परिमाजित गर्ने आवाज चर्को बनाउनुको विकल्प छैन् । आज रघुगंगाको अधिकांश बडाका प्रतेक बस्ती बस्तीमा मोटरबाटो पुगेको छ । केही बडामा आधा घन्टाका दुरीमा ४–५ बटा विद्यालय रहेका छन् ।

अवको आवश्यकता कही सहज भौगोलिक अवस्था भएको वडामा एक वा दुई विद्यालयका नयाँ संरचना वा पुरानोलाई परिमाजित गरी २–३ बटा विद्यालय बसको व्यवस्ता गर्नु अवको आवश्यकता रहेको छ । भने भौगोलिक कठिनाई भएका वडाहरुमा कम्तिमा पनी कक्षा ३ भन्दा माथिको कक्षामा आवास सहितको एक विद्यालयको अवधारणामा जानुपर्ने समयको माग रहेको छ । यसले विद्यार्थीको शैक्षिक गुणस्तरमा क्रमिक सुधार हुदै जानेछ । भौतिक पुवाधार, कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला लगायतका प्रविधी प्रयोगमा सहजता निम्त्याउछ । यसरी विद्यालयको पुन संरचना गर्दा शिक्षकहरुको अभाव कमी हुन्छ । यसले बहुकक्षा शिक्षण गर्नुपर्ने समस्या हल गर्नुका साथै शिक्षकहरुको कक्षा घन्टामा कमी आउछ । जसले गर्दा शिक्षकहरुको बचेको समय नयाँ प्रविधी प्रयोग गर्न सिक्नुका साथै आफु र आफ्नो कक्षाका क्रियाहरुलाइृ समयानुकुल बनाउन सहज हुनेछ । भने स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक बनाउनका लागी अध्यनको प्रयाप्त समय हुनेछ ।

४. ८–१२ को अध्यापनमा ऐच्छीक विषय चयन साथै स्थानिय पाठ्यक्रमको निमार्ण : रघुगंगा गाउँपालिकाको अवको यात्रा कता हुने एकिन गरी ८–१२ को ऐच्छीक विषयहरु चयन गर्नुपने हुन्छ । अवका ऐच्छीक विषयहरु चयन गर्दा व्यवहारीक र प्रतक्ष्य रोजगारसगँ जोडेर चयन गर्नका लागी गहन अध्ययन गर्नुपर्ने समय आएको छ । भने स्थानीय तहले आफ्नो गाउँपालिकाको विकासका लागी आवश्यक एउटा पाठ्यक्रम आफै तयार गर्न सक्ने व्यवस्था रहेको छ । अबको पुस्ता कम्तीमा कक्षा १२ उत्तिर्ण गर्दा हातमा एक सिप लिएर उत्तिर्ण हुन पर्छ । जसले गर्दा प्रत्येक विद्यार्थीहरुमा शिक्षाप्रती विस्वास जाग्न सकोस । त्यसै अनुरुप अबको स्थानीय पाठ्यक्रमको विकास गर्नुपर्ने समय आएको छ ।

५. प्राविधिक धारमा स्नातक संकायको स्थापना : कुनै पनी स्थानको मुख्य पहिचान त्यस स्थानको शैक्षिक अवस्थाले निधारर्ण गर्छ । जस्तै आजको बेनीबजारको मुख्य गहना भनेको म्याग्दी बहुमुखी क्याम्पस हो । अप्राविधिक धारको शिक्षाका लागी म्याग्दी बहुमुखी क्याम्पसले गरेको प्रयासले बनीबजारको मुहार फेरीएको छ । हालसालै म्याग्दी बुहमुखी क्याम्पसले अन्तराष्ट्रिय मान्यता पाउनाले बेनी बजारका आर्थिक, राजनैतिक, सामाजिक पक्षहरु अझ सुधारोन्मुख भैरहेका छन् । रघुगंगा गाउँपालिकाले पनी अब आर्थिक, शैक्षिक, राजनैतिक, सामाजिक फड्को मार्ने हो भने रघुगंगामा स्नातक तहको अध्यापन हुने क्याम्पसको स्थापना आजको आवश्यकता हो । म्याग्दीमा अप्राविधीक धारमा ४ बटा स्नातक अध्यापन गराउने क्याम्पसहरु अहिले संचालनमा छन् ।

तर म्याग्दीमा प्राविधिक धारमा अध्यापन ग¥याउने क्याम्पस अहिलेसम्म स्थापना भएको छैन् । रघुगंगा गाउँपालिकाका माध्यमिक तहबाट एस.ई.ई परिक्षा बार्षिक २६० भन्दा बढीले दिईरहेका छन भने रघुगगा घर भै अन्य स्थानबाट एस.ई.ई परिक्षा दिने करिव १ सय विद्यार्थी रहेका छन् । अब स्थानीय पाठ्यक्रम निमार्ण गर्दा स्थानीय तहको प्रतक्ष्य विकासमा टेवा पुग्नुको साथै त्यहि अनुरुपको स्नातक तहका कक्षाहरु संचालनमा ल्याउनु अबको आवश्यकता हो । अवको स्थानीय सरकारले प्रत्येक विद्यार्थीले कम्तीमा पनी स्नातक तह अध्ययन गर्न सक्ने बाताबरण बनाउनु पर्छ ।

प्राविधिक धारकोे स्नातक अध्यानालय गण्डकी प्रदेशमा नै अत्यन्त न्युन रहेको छ । गण्डकी प्रदेशकै विकासमा टेवा पु¥याउन सक्ने र रघुगंगाले आन्तरिक शैक्षिक पर्यटक र विद्यार्र्थीहरुलाई अध्ययनका लागी रघुगंगालाई उत्कृष्ट गन्तव्य बनाउन सकिने अवस्था सिर्जना गर्न सकिन्छ । व्याचलर ईन कम्प्युटर एप्लिकेसन, व्याचलर ईन ट्राभल एण्ड टुरिजम र व्याच्लर ईन विजनेस एड्मिनिस्टे«सन अध्यापन गराउन हाम्रो भुगोललाई अत्यन्त लाभदायी रहेको छ । यसले रघुगंगाको शैक्षिक क्षेत्रलाई मात्र नभएर गाउँपालिकाको आन्तरिक आम्दानीको दिगो र बलियो स्रोत हुन सक्छ । अवको रघुगंगा गाउँपालिकाको राजनितीक नेतृत्व र विद्यार्थी राजनितीले शिक्षा क्षेत्रको सुधारका लागी अल्पकालिन कार्यका साथसाथै दिगो लक्ष्य निमार्ण गरी अघि बढ्नुपर्ने समय आएको छ ।

धन्यबाद

सागर भण्डारी

रघुगंगा गाउँपालिका–२, राखुभगवती, म्याग्दी ।

(लेखक रघुगंगा विद्यार्थी मञ्चका संस्थापक सदस्य हुन ।)