बेनी नगरपालिका–२ मा एमाले बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 3325 पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा एमाले–राप्रपाको प्यानलका ४ र नेपाली कांग्रेसका १ जना उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार हिरावहादुर थापाले ६३४ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रमोद श्रेष्ठले १३ सय ९० र नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ११सय ९२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभएको छ ।
अहिले बेनपा ३ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले र राप्रपाले चुनाबी तालमेल गरी निर्वाचनमा होमिएका हुन् ।