रघुगंगा–१ वडा अध्यक्षमा नेपाली काँग्रेसका बिलबहादुर फगामी बिजयी

  • १ जेष्ठ २०७४, सोमबार
  • 4676 पटक पढिएको

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा नेपाली काँग्रेस बिजयी भएको छ । आज सम्मन्न मतगणना अनुसार, ४ सय १८ मत ल्याएर नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार बिल बहादुर फगामी सहित प्यानल बिजयी भएको हो ।
त्यसैगरि गाउँपालिका प्रमुखमा समेत नेपाली काँग्रेसले नै अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका भबबहादुर भण्डारीले ४२९ एमालेका खिमबहादुर शाहीले २५० मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा काँग्रेसकी कमला तिलिजाले ४१९ र माओवादी केन्द्रका हरि भण्डारीले २ सय १७ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नम्बर दुई भगवतीको मतगणना सुरु भएको छ ।