हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो

  • १२ माघ २०७६, आईतवार
  • धिरन खत्री
  • 3175 पटक पढिएको

 

धिरन खत्री

म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय  मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ हिमालजस्तै सेताम्मे बनेको छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रले समेटिएको यस क्षेत्रमा माघमहिनादेखि निरन्तर हिउँ रहेको छ ।

मालिकाधुरीको दर्शनसंगसगै भक्तजनहरुले मौसम खुलेपछि प्राकृतिक हिमशृङखला, सुन्दर ठाउँ अवलोकनले आनन्द दिलाउछ । धार्मिकस्थल मालिकाबाट लालीगुराँसको जंगल, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका दर्जनौ हिमालको दृष्य, सुर्योदय, नजिकबाट अवलोकन गर्दा त्यहाँ पुगेका धार्मिक पर्यटकहरुलाई यात्रा स्मरण योग्य हुन्छ । घनाजंगलको यात्रामा घोरल रतुवा डाफेँ, मुनाल, कालिज लगायतको बन्यजन्तुको आवाजसुन्दै र देख्दै हिउँ पदयात्राले आनन्द दिलाएको थियो ।

कालिका देवी, मालिका देवी र जलवा देवी रहेको मालिका धुरीमा पुजा गर्न म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौ लगायतका देशका विभिन्न स्थानबाट हजारौ भक्तजनहरुको भिड लाग्ने गर्छ । चण्डी पुर्णीमा, भाईटिका, जेष्ठी पूर्णीमा र बालाचर्तुदशी पर्वमा मालिका धुरीमा पुर्जा गर्ने मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताए । म्याग्दी सदरमुकाम बेनीदेखि दरवाङ, विम बिम बाइन्दफाँट, बराहताल, भाकुर,सोरबाङ्ग दोवाटासम्म ४० किलोमिटर यातायात सेवा हुदै बाट साढे २ घण्टाको हिउँसगको रमाईलो यात्राले आनन्द भएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l