अपाङ्गग मैत्री पुर्वाधार निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह

  • १२ माघ २०७६, आईतवार
  • धिरन खत्री
  • 1819 पटक पढिएको

म्याग्दी, १२ माघ । अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्री पुर्वाधार निर्माण गर्न बेनी नगरपालिकाका जनप्रनिधिलाई आग्रह गरेका थिए । अपाङ्ग संघ म्याग्दी, बौद्धिक अपाङ्गता अभिभावक संघ, म्याग्दी नेत्रविहिन संघ र म्याग्दी बहिरा संघको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा भएको अनुक्षिण कार्यक्रममा सरकारी कार्यालय, विद्यालय लगायतका पुर्वाधारहरु अपाङ्ग मैत्री बनाउन बेनपाका जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।


नगरपालिकाका जनप्रतिनिधि, अपाङग परिचय पत्र समन्वय समिति, अपाङगता भएका ब्यक्तिहरु, वडा सचिवहरु उपस्थित भएको कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले अपाङ्ग ब्यक्तिहरुको क्षमता विकासका लागि आवश्यक बजेट आगामी आर्थिक बर्षमा विनियोजनमा पहल गर्ने बताईन । नगरपालिकाभित्र निर्माण गर्ने सरकारी भौतिक संरचना अपाङ्ग मैत्री बनाउन लाग्ने बताईन । त्यस्तै वडा अध्यक्ष र सचिवहरुले घरमा बसेका अपाङ्ग ब्यक्तिहरु खोजेर परिचयपत्र वितरण र समस्या पहिचानसंगै वास्तविक तथ्यांक लिने प्रतिवद्धता जनाएका थिए ।


राष्ट्रिय अपाङ्ग महासंघ नेपालको महासचिव राजु बस्नेत र कोषाध्यक्ष केपी अधिकारीले अपाङ्गता समावेशी विकास सम्वन्धी जानकारी गराएका थिए । अपागंता भएका ब्यक्तिहरुको अवस्था परिवर्तन गराउन सम्वन्धी नगरपालिकाका सरोकारवालालाई जागरुक बनाउन तालिम आयोजना गरिउको महासंघका केन्द्रिय सुरेन्द्र केसीले बताए । शिक्षा, आयआर्जन, क्षमता विस्तार गरि अपाङ्गता ब्यक्तिहरुको गुणस्तर जीवन गराउन सरोकारवाहरुलको भुमिका महत्वपुर्ण हुने केसीले बताए ।


अपाङ्गता संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासंघका केन्द्रिय सदस्य केसीले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l