मालिका गाउँपालिका –१ मा नेपाली काँग्रेस बिजयी

  • १ जेष्ठ २०७४, सोमबार
  • 5789 पटक पढिएको

म्याग्दी १ जेठ । म्याग्दीको मालीका गाउँपालीका–१ निस्कोटको वडा अध्यक्षमा नेपाली काँग्रेसका टंक पुन बिजयी हुनुभएको छ । ४५१ मत प्राप्त गरी पुन वडा अध्यक्षमा निर्वा्चित हुनुभएको हो । यसैगरी वडाका सदस्यहरुमा पनी काँग्रेसकै उमेद्वारहरु बिजयी भएका छन् । महिला सदस्यमा मनरुपा पुनमगर (४५९), दलित महिला सदस्य मनकुमारी कामी (४५६), खुल्ला सदस्य दिलकुमारी पुन (४६०) र लोकबहादुर मल्लले (४५६) मत प्राप्त गरेर बिजयी हुनुभएको छ ।

दुई वटा मतदान केन्द्र रहेको निस्कोटमा एक हजार ३३७ मतदाता रहेकोमा ९०७ जनाले मतदान गरेका थिए ।

निस्कोटबाट गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकालाई ४५१, उपाध्यक्षमा काँग्रेसकै बिमला रोकालाई ४५३, एमालेका अध्यक्षका उमेद्वार बेगप्रसाद गर्बुजालाई २६७, उपाध्यक्षमा खरमाया बिटालुलाई २६७ मत प्राप्त भएको छ ।

माओवादी केन्द्रका गाउँपालीकाको अध्यक्षका उमेद्वार कमल केसीलाई १३८ र उपाध्यक्ष गौरी सेञ्चुरीले १४१ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्षमा एमालेका प्रत्यासी वुद्धीबहादुर पुनले २६४ र माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गर्नुभएको छ ।