मोना कोरियाको अध्यक्षमा केसी चयन, नेपाल भ्रमण बर्षको प्रचार प्रसार

  • १२ माघ २०७६, आईतवार
  • 2158 पटक पढिएको

बेनी, १२ माघ । दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको अध्यक्षमा सुनेश केसी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको १३ औं अधिवेशनबाट केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन भएको छ । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्यक्षमा सिमा पुन, उपाध्यक्षमा गंगाराज बानियाँ, कुशल पुन, मिन कार्की, गोविन्द बानियाँ, महासचिवमा सुमन पौडेल, सचिवमा मनिष गौचन र सनम शाक्य, कोषाध्यक्षमा रत्न पौडेल र सहकोषाध्यक्षमा रिम भण्डारी चयन हुनुभएको छ ।


कार्यसमितिको सदस्यहरुमा विकास केसी, गोमा पुन, कविता पुन, कुमार केसी, भगवान चोखाल, बिद्या शर्मा, दिक्षा गर्वुजा, रमेश कार्की र भावना पुन चयन हुनुभएको मोनाले जनाएको छ । अधिवेशनको उद्घाटन गर्नुहुदै मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले मोना कोरियाले म्याग्दीको सामाजिक र विकास निर्माणको क्षेत्रमा पु¥याएको योगदानको प्रसंसा गर्दै मोनामार्फत विश्वभर रहेका म्याग्देलीहरुको एकता र सहकार्यको अभियानलाई तिब्रता दिएको बताउनुभयो ।


कार्यक्रममा बिशिष्ट अतिथि मोना कोरियाका संरक्षक विनोद कुँवर, मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्की, मोना आइसीका एशिया संयोजक दधीवल खड्का, मोना कतारका अध्यक्ष तिलु शर्मा, मोना जापानका पूर्व अध्यक्ष महेन्द्र बानियाँ लगायतले समेत मोना मार्फत थप रचनात्मक कार्यहरुमा जुट्न नवनिर्वाचित टिमलाई शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनको अवसरमा कोरियामा रहेका म्याग्देलीहरुको बृहत सहभागीतामा नेपाल भ्रमण बर्ष सन २०२० को प्रचार प्रसारको लागि पञ्चेबाजा र व्यानर सहितको ¥याली समेत गरिएको थियो । तस्बिर : तिलु शर्माको फेसबुकबाट